कीर्तिपुरमा निजी कारमा आगलागी

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एक निजी कारमा आगलागी भएको छ ।

मंगलबार बिहान पार्किङ गरेर राखिएकाे बा ५ च ३०३८ नम्बरको कारमा एक्कासी आगलागी भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले गाडीमा आगलागी हुनुको कारण खुलिनसकेकेा बताए ।

अहिले घटनास्थल प्रहरी पुगी आगलागी नियन्त्रणमा लिइसकेको उनले बताए । अहिले घटनाको विवरण संकलन भइरहेकाले क्षतिको विवरण आइनसकेको उनले बताए ।


Back_to_top