पार्किङ निर्माण गर्न महानगरको प्रोत्साहन, १० वर्षसम्म कर छुट दिने

सांकेतिक तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र व्यवसायिक पार्किङ भवन निर्माणलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

महानगरले व्यवसायिक रुपमा पार्किङ प्रयोजनका लागि मात्र भवन बनाउने व्यवसायीलाई निर्माण सम्पन्न भएको मितिले १९ वर्षसम्म सम्पत्ति कर पूरै छुट दिने भएको हो ।

महानगरले आर्थिक ऐन २०८३ मार्फत यस्तो आकर्षक प्याकेज घोषणा गरेको हो । ‘व्यावसायिक रूपमा पार्किङ प्रयोजनका लागि मात्र निर्माण गरिएका भवनलाई निर्माण सम्पन्न भएको मितिले १० वर्षसम्म सम्पत्ति कर पूर्ण छुट दिइनेछ,’ महानगरको आर्थिक ऐनमा उल्लेख छ ।

काठमाडौं बढ्दो सवारी साधन र अपर्याप्त पार्किङ सुविधालाई मध्येनजर गर्दै कर छुटको आकर्षक योजना ल्याएको हो । यस योजनाले व्यवसायीलाई व्यवसायिक पार्किङ भवन बनाउन आकर्षित गर्ने विश्वास लिइएको छ ।

हाल काठमाडौंको मुख्य सहरी क्षेत्रमा पार्किङस्थलको अभाव छ । व्यवसायिक भवनहरूमा अण्डर ग्राउण्ड पार्किङ भए पनि पर्याप्त छैन ।


Back_to_top