सार्वजनिक भयो फोर्डको नयाँ फिगो

काठमाडौं । फोर्डले आफ्नो चर्चित कार फिगोको फेसलिफ्ट भारतमा सार्वजनिक गरेको । जोधपुरमा आयोजना भएको एक कार्यक्रमबिच उक्त कार सार्वजनकि गरेको हो ।  फोर्डले नयाँ फिगोलाई तीन भेरियन्टमा सार्वजनिक गर्ने तयारी गरेको छ। 

फिगोको फ्रन्ट र रियर बम्परमा निकै ठूलो परिर्वतन गरिएको छ, हनी कम्ब फ्रन्ट ग्रिल, टुईन हेडल्याम्प र १५ इन्च अलोय ह्वील दिइएको छ, पुरानो फिगोबाट १२०० पार्टस परिर्वतन गरेको कम्पनी बताएको छ  । 

डियुल टोन रुफले फिगोलाई रेगुलर मोडलको तुलनमा निकै आर्कषक देखाएको छ । यसमा रिडिजाइन ड्यासबोर्ड, किलेस इन्ट्री, पुश बटन स्टार्ट, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर र हेड युनिटसँगै ब्ल्यु नेभिगेसन फिचर दिएको छ । 

यसमा दिइएको इन्फोटेनमेन्ट सिस्टमसँगै एन्ड्रोइड  अटो र एप्पल कार प्लेको विशेषताले कारलाई निकै आर्कषक बनाएको छ । भारतमा लागु हुने नयाँ इमिशन मापदन्ड र सुरक्षा नीति अनुसारका विशेषता दिइएको छ । 

एबीएस, रियर पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम, एडजस्टेवल रियर हेडरेस्ट, क्लास लिडिङ ६ एयरव्यागको विशेषता दिइएको छ । पेट्रोल म्यानुअल फिगोमा १।२ लिटर इन्जिन लगाइएको छ । यसले ९६ बिएचपी पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पिड गियरबक्स लगाइएको छ ।

फिगो डिजेलमा १।५ लिटरको इन्जिन दिइएको छ । जसले १२३ बिएचपी पावर उत्पादन गर्छ । उक्त इन्जिनमा ६ स्पीड टर्क कन्र्भटर अटोमेटिक ट्रान्समिसन र ५ स्पीड म्यानुयल ट्रान्समिसन लगाइएको छ । 


Back_to_top