अमेरिकी लग्जरियस इलेक्ट्रिक कार निर्माता टेस्लाले नयाँ कम्प्याक एसयुभी ‘मोडल वाई’ सार्वजनिक गरेको छ । टेस्लाका सिईओ इलन मस्कले पहिलो इलेक्ट्रिक स्पोर्ट्स युटिलिटी भेइकल क्यालिफोर्नियाकाे टेस्ला डिजाइन सेन्टरमा एक कार्यक्रमका बिच सार्वजनिक गरेका हुन् ।
सीईओ मस्कका अनुसार पहिलो चरणमा उत्पादन गरिएको लङ रेन्ज भर्सनको यो गाडीलाई एक पटक फुल चार्ज गर्दा ४८२ किलोमिटर गुडाउन सकिने छ । यो मोडल सन् २०२० देखि मात्र बजारमा उपलब्ध हुनेछ । यसको मूल्य ४७ हजार अमेरिकी डलर तोकिएको छ ।

डिउल मोटर अलह्वील ड्राइभ भर्सनको मूल्य ५१ हजार डलर तोकिएको छ । त्यस्तै मोडल वाईको स्ट्याण्डर्ड भर्सनकाे मूल्य ३९ हजार अमेरिकी डलरबाट सुरुहुने छ ।
यसको टप स्पिड २४० किलोमिटर प्रतिघण्टा हुनेछ । यसले मात्र ३.५ सेकेन्डमा १०० किमी प्रतिघण्टाको गति लीन सक्नेछ । यसको मूल्य भने ६० हजार अमेरिकी डलर रहेको छ ।
मोडल वाई सात सिटको क्रसओभर हो । मोडल वाइ एसयुभी भएता पनि यसको राईड स्पोर्टस कारको जस्तो आरामदायी हुने कम्पनीले दावी गरेको छ । यसको इन्टेरियर भने मोडल थ्रीको जस्तै छ, जसमा १५ इन्चको विसाल टचस्क्रिन इन्टरफेस राखिएको छ ।


