घटस्थापना विशेषः थापाथलीमा गाडी ग्राहकलाई दिन तयार विक्रेता (फोटो–फिचर)

काठमाडौं । आज दशैंको पहिलो दिन घटस्थापना गर्दै घरमा पुजाआजा गर्ने चलन छ । मानिसले आफ्नो क्षमता र आवस्यकता अनुसारको सवारी साधन पनि किनेर घर लाने भएकोले गाडी विक्रेता कम्पनीहरुले देशभरबाट बुकिङ लिएका ग्राहकलाई गाडी हस्तान्त्रण गर्दैछन् ।

काठमाडौंको थापाथलीमा रहेका गाडीको शोरुम पुग्दा डिलिभरीको तयारीमा कम्पनीका कर्मचारीहरु खटिरहेको देखिन्थ्यो । विशेषगरी हुन्डाई, मारुती, निसान, टाटा, रेनो, स्कोडा जस्ता ब्राण्डमा ग्राहकलाई हस्तान्त्रण गर्न गाडी तयारी अवस्थामा राखेको देखिन्छ ।

सोह्र श्राद्धमा धेरै ग्राहकले बुकिङ गरेर छाडेको र आज गाडी लिन आउने भएकाले विदाको दिन पनि शोरुम संचालन गरेर गाडी दिइरहेको कम्पनीका कर्मचारीहरु बताउँछन् ।

‘बुकिङ पहिल्यकै हो । अहिले डिलिभरी दिन लागेका छौं’, रेनो शोरुममा भेट्टिएका सेल्सका कर्मचारीले भने ।

त्यसैगरी निसानले पनि आज राम्रै संख्यामा गाडी डिलिभरी दिन लागेको जनाएको छ । चल्तीका ब्राण्डमा मात्र होइन, प्रिमियम ब्राण्डहरुले पनि आज केही संख्यामा डिलिभरी गर्दैछन् ।

‘आज हाम्रो ५ वटा गाडी ग्राहकलाई पठाउने तयारी छ, भोलि सिट्रोनको पनि त्यसैगरी तयारी गर्दैछौं’, साँग्रिला मोटर्सका कर्मचारीले भने ।

दशैंको सुरुवात भएको दिनलाई विशेष मानिने भएकोले चेरी गाडीले आफ्नो शोरुम पुजाआजा गरेर तयार गरेको छ । संभवत दुई तिन दिन भित्रै चेरीका गाडी पनि नेपाल आइपुग्ने छ ।


Back_to_top