यस्तो छ टोयोटाका ८ मोडलको मूल्यसूची, दुई नयाँ मोडल आउँदै

काठमाडौं । टोयोटाले नेपाली बजारमा ८६ लाख ५० हजारदेखि ३ करोड ३० लाख मूल्यसम्मका गाडी विक्री गर्दै आएको छ । कम्पनीले नेपालमा विक्री गर्ने सबैभन्दा कम मूल्यको गाडी रस एसयूभी हो भने, सबैभन्दा महंगो मूल्यको गाडी ल्याण्डक्रुजर भिएक्स अटोमेटीक हो ।

टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले रस, कोरोला क्रस, र्याभफोर, फर्चुनर, ल्याण्डक्रुजर, क्याम्री, हायस र हाइलक्स मोडलको विक्री गर्दै आएको छ भने चाँडै दुई नयाँ माेडल ल्याण्डक्रुजर एलसी ३०० र रेज एसयूभी नेपाल ल्याउने तयारी गरिरहेको छ ।

टोयोटाले रस एसयूभीको दुई भेरियन्ट विक्री गर्दै आएको छ । रस म्यानुयलको मूल्य ८६ लाख ५० हजार र अटोमेटीक भेरियन्टको मूल्य ८८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले विक्री गर्ने कोरोला क्रसपनि दुई भेरियन्टमा उपलब्ध रहेको छ । कोरोला क्रसको इन्ट्री भेरियन्टको मूल्य १ करोड १६ लाख ५० हजार र हाई भेरियन्टको मूल्य १ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी फर्चुनर पनि दुई भेरियन्टमा उपलब्ध रहेको छ । म्यानुयल भेरियन्टको मूल्य २ करोड १० लाख र अटोमेटीक भेरियन्टको मूल्य २ करोड २२ लाख रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ ।

टोयोटाले विक्री गर्ने ल्याण्डक्रुजर भने ४ भेरियन्टमा उपलब्ध रहेको छ । ल्याण्डक्रुजर टिएक्स म्यानुयलको मूल्य २ करोड ८३ लाख, टिएक्स अटोमेटीकको मूल्य २ करोड ८६ लाख, भिएक्स म्यानुयलको मूल्य ३ करोड २२ लाख र भिएक्स अटोमेटीकको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको छ ।

सेडान कार क्याम्री हाइब्रिड पनि विक्री हुँदै आएको छ । कम्पनीले क्याम्रीको मूल्य १ करोड ८५ लाख मूल्य निर्धारण गरेको छ ।

टोयोटाको चर्चित एसयूभी र्याभफोर विभिन्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । र्याभफोर म्यानुयलको मूल्य १ करोड ५६ लाख, अटोमेटीकको १ करोड ९० लाख र हाइब्रिडको १ करोड ८७ लाख मूल्य तोकेर विक्री हुँदै आएको छ ।

कम्पनीले विक्री गर्ने हायस माइक्रोबसको मूल्य ९५ लाख रहेको छ भने चर्चित पीकअप हाइलक्स २.८ लिटर इन्जिन भएको गाडीको मूल्य १ करोड १० लाख र २.४ लिटरको मूल्य ९६ लाख रुपैयाँ रहेको छ ।

यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले आफ्नो नयाँ वेभसाइट पनि आजबाट सुरु गरेको छ । कम्पनीले गाडीको मूल्य, फिचर लगायत सबै किसिमका ग्राहकमैत्री फिचर दिएर टोयोटा डटकम डट एनपी नयाँ डिजाइनमा ल्याएको हो ।


Back_to_top