काठमाडौं । दुईपाँग्रे विद्युतीय सवारी साधनमा ब्याट्री स्वापिङ टेक्नलोजीको पायोनियर कम्पनी गोगोराले काठमाडौं उपत्यकाका ४५ स्थानमा स्वापिङ स्टेशन संचालनमा ल्याएको छ ।
कम्पनीले सार्वजनिक रूपमा स्मार्ट स्कुटरको बिक्री सुरू गर्नु अघि नै स्वाप स्टेशनको बलियो नेकवर्क पूर्वाधार निर्माण गरेको हो ।
२४ घण्टा सातै दिन संचालनमा रहने यी स्वापिङ स्टेशनहरू मानवरहित स्वचालित रहेका छन् । गोगोरोको दुईपाँग्रे स्कुटर चालकहरूले आफ्नो मोबाइलमा रहेको एप स्क्यान गरी १ मिनेटभन्दा कम समयमा फुलचार्ज भएको ब्याट्री स्वाप गर्न सक्नेछन् ।

ताइवानी कम्पनी गोगोरोले उपत्यकाको प्रत्येक २ देखि ३ किलोमिटरको दस्रीमा ४५ वटा स्वाप स्टेशन स्थापना गरी ईभीका लागि चार्जिङ स्टेशनमा पर्खन पर्ने झन्झटबाट मुक्ति दिलाएको छ ।
सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धी भएको कम्पनीले जनाएको छ ।

गोगोरोका ब्याट्रीहरू एड्भान्स सेफ्टी तथा अनुगमन गरिएको हुन्छ । यसमा रियल टाइम ब्याट्री हेल्थ तथा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्डको प्रयोग भएको छ ।
नेपालमा पावर सप्लाई स्टेबल नहुने भएकाले कम्पनीले निरन्तर ब्याट्री स्वाप कार्यका लागि बिजुली अवरोधको समयमा समेत काम गर्ने इन बिल्ट यूपीएस समेत जडान गरेको छ । यो यूपीएसले बिजुलीको आपूर्ति रोकिएको ७ दिनसम्म पनि संचालनको सुनिश्चितता प्रदान गर्छ ।
नेपालका लागि नेबुला इनर्जी गोगोरोको आधिकारिक पार्टनर रहेको छ ।



