मूख्य राजमार्गमा गल्फको निःशुल्क चेकअप क्याम्प, सामानमा छुट पनि पाइने

काठमाडौं । नेपाल गल्फ लुब्रिकेन्ट उत्पादन तथा विक्री वितरण गर्ने कम्पनी नेपाल ल्युब आयल प्रालिले फ्रि चेकअप क्याम्प संचालन गर्ने भएको छ । कम्पनीले दशैंलाई लक्षित गरेर लामो यात्रा गर्ने सवारी साधनहरुका लागि यो क्याम्प संचालन गर्ने भएको हो ।

कम्पनीका अनुसार दशैंका लागि घर जाने यात्रुहरुलाई सडकमा असुबिधा नहोस भनेर दुईपाग्रे तथा चारपाग्रे सवारी साधनको फ्रि चेकअप क्याम्प संचालन गर्ने भएको हो ।

यो फ्रि चेकअप क्याम्प असोज १३ गतेदेखि १५ गतेसम्म देशका मूख्य राजमार्गहरुका विभिन्न स्थानमा संचालन गरिने भएको हो । मलेखु, हेटौडा, कावासोती, खुर्कोट, वर्दिवास, कोहलपुर, अत्तरिया, लौकी तथा इटहरीमा यो क्याम्प संचालन हुनेछ ।

यो क्याम्पमा सवारी साधनको फ्रि चेकअपका साथै स्पेयर पार्टसमा १० प्रतिशत गल्फ इन्जिन आयलमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।


Back_to_top