ओरा फाइभमा भएकाे ड्रागन आर्मर ब्याट्री, ईभीको सुरक्षामा नयाँ मापदण्ड

काठमाडौं । विश्वभर विद्युतीय सवारी साधन (ईभी)को प्रयोग तीव्र रूपमा बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकको पहिलो प्राथमिकता बन्न थालेको छ।

बजारमा धेरैजसो अटोमोबाइल उत्पादकले थर्ड पार्टीबाट ब्याट्री खरिद गर्दै आएका छन् । विश्वप्रसिद्ध अटोमोबाइल उत्पादक ग्रेट वाल मोटर (जीडब्लूएम) भने यस मामिलामा अगाडि देखिएको छ।

जीडब्लूएम विश्वका थोरै त्यस्ता उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जी मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन आफैं गर्दै आएको छ। यसले गर्दा जीडब्लूएमले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयता माथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको छ।

यसै प्रविधिको पछिल्लो उदाहरणका रूपमा नेपालमा हालै सार्वजनिक भएको जीडब्लूएम ओरा फाइभ एसयूभीमा प्रयोग गरिएको अत्याधुनिक ‘ड्रागन आर्मर ब्याट्री’लाई लिन सकिन्छ।

एस भोल्टले वर्षौंको गहन अनुसन्धान र प्रविधि विकासपछि यो ब्याट्री तयार पारेको हो। यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको छ, जसले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दैछ।

यस ब्याट्रीको विशेष आन्तरिक संरचनाकै कारण यसको नाम ‘ड्रागन आर्मर’ राखिएको हो। ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टा जस्तै तह–तहमा मिलाएर राखिएका छन्। यो विशेष डिजाइनले ‘डाउनवर्ड भेन्टिङ’ प्रणाली निर्माण गर्छ।

यदि कुनै असामान्य अवस्थामा ब्याट्रीमा अत्यधिक ताप वा आगो उत्पन्न भएमा, यो प्रणालीले उक्त तापलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई सिधै जमिनतिर सुरक्षित रूपमा बाहिर निकाल्छ। यस अद्वितीय संरचनाले गर्दा ब्याट्रीले गाडीभित्र रहेका यात्रुहरूको सुरक्षाका लागि एउटा बलियो सुरक्षात्मक कवचको रूपमा काम गर्छ।

नेपाली सडक र भूगोल सुहाउँदो उच्च सुरक्षा र भरपर्दो रेन्ज प्रदान गर्ने भएकाले जीडब्लूएमको यो ड्रागन आर्मर ब्याट्री प्रविधि नेपाली ईभी बजारमा गेम चेन्जर सावित हुने कम्पनीको विश्वास छ।


Back_to_top