हार्ले डेभिडसनको ‘सेभ फर फ्यूचर, हाफ दी प्राइस’ अफर

काठमाडौं । नेपालका लागि हार्ले डेभिडसनको आधिकारीक वितरक आईएमई अटोमोटिभ्सले हार्ले डेभिडसका ग्राहकहरुलाई नयाँ सर्भिस अफर ‘सेभ फर फ्यूचर, हाफ दी प्राइस’ ल्याएको छ । उक्त नयाँ सर्भिस अफर अन्तर्गत हार्लेका ग्राहकले ४९ हजार ९९९ मा यो सर्भिस प्याकेज खरिद गर्न सकिने छन् ।

कम्पनीले ल्याएको उक्त प्याकेजमा आगामी ३ वर्षसम्म १० पटक निःशुल्क सर्भिसिङ गर्न सकिने विज्ञप्तीमा उल्लेख छ ।

प्रत्येक सर्भिसिङमा ग्राहकहरुले २ हजार ५ सय वरावरको कुपन प्राप्त गर्न सक्नेछन् । जुन कुपनलाई हार्लेको शोरुमबाट मर्चनडाइज र पार्टसहरुको खरिदगर्दा प्रयोग गर्न सकिने छ । यो स्कीम नेपालभर रहेका कुनै पनि हार्लेका ग्राहकहरुले प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

हाल हार्लेको शोरुममा भ्रमण गरेर हार्लेका मोडलहरु स्ट्रिट ७५०, स्ट्रिट रड ७५० तथा आइरन ८८३ टेष्ट ड्राइभ गर्न र आकर्षक गिफ्टहरु समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नेपालमा हार्लेका बाइकहरुको शुरुवाति मूल्य २३ लाख रुपैयाँ रहेको छ ।


Back_to_top