काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले ल्याएको स्कीममा एनटर्क रेस एडिसन किन्दा मासिक ८ हजार ८०३ रुपैयाँ किस्ता तिर्नु पर्ने छ ।
एनटर्क रेस एडिशनको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ रहेको छ । कम्पनीले ल्याएको शून्य प्रतिशत डाउन पेमेन्ट स्कीममा स्कुटर खरिद गर्दा ग्राहकले दुई वर्षको बीमा शुल्क १२ हजार, कर्जा वापतको सर्भिस चार्ज ५ हजार ५ सय र नामसारी वापतको लाग्ने १ हजार ५ सयगरि जम्मा १९ हजार रुपैयाँ तिरेरपछि स्कुटर किन्न सक्नेछन् ।
डाउन पेमेन्ट नचाहिने यस योजनामा स्कुटर किन्दा ३६ महिनाको कर्जा सुविधा पाइन्छ । कम्पनीले १७ प्रतिशत व्याजदरमा यो योजना ल्याएको हो । मासिक किस्ताको डिटेल हेर्न यहाँ क्लिक गर्नुहोस् ।
त्यसैगरि ४० प्रतिशत डाउन पेमेन्ट स्कीममा यो स्कुटर किन्ने ग्राहकले ९८ हजार ७६० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्नेछ । यससँगै सर्भिस चार्ज ५ हजार ५ सय, नामसारी वापत १ हजार ५ सय, बीमा वापत ६ हजार रुपैयाँ गरि जम्मा एक लाख ११ हजार ७६० रुपैयाँ सुरुमा बुझाउनु पर्ने हुन्छ ।
यो स्कीममा ग्राहकले १७.५ प्रतिशत व्याज तिर्नु पर्ने हुन्छ । अहिलेको अफ्ठ्यारो अवस्थामा ग्राहकले पहिलो ४ महिनासम्म मासिक ९९ रुपैयाँ किस्ता बुझाउने सुबिधा पाउने छन् । त्यसपछि बाँकी रकम २२ किस्तामा मासिक ७ हजार ९ सय रुपैयाँका दरले तिर्नु पर्छ ।
५० प्रतिशत डाउन पेमेन्ट स्कीममा १७ प्रतिशत व्याजदरमा ऋण पाइन्छ भने, सर्भिस चार्ज, बीमा शुल्क र नामसारी वापत लाग्ने शुल्क समान रहने छ । यो स्कीममा स्कुटर किन्दा मासिक ६ हजार ५४० रुपैयाँका दरले २२ महिनासम्म किस्ता तिर्नु पर्नेछ । पहिलो ४ महिना भने ९९ रुपैयाँ किस्ता तिर्ने सुबिधा रहेको छ ।
६० प्रतिशत र ७० प्रतिशत डाउन पेमेन्ट गर्दा १६.५ र १६ प्रतिशत व्याज लाग्नेछ भने मासिक किस्ता क्रमश ५ हजार ८८१ र ४ हजार ५९८ रुपैयाँ तिर्नु पर्नेछ । यसमा पनि समान बीमा शुल्क, नामसारी शुल्क र सर्भिस चार्ज लाग्नेछ ।
यस्तो छ एनटर्क १२५
कम्पनीले एनटर्क १२५ को विभिन्न ३ भेरियन्ट नेपालमा बिक्री गर्दै आएको छ । एनटर्क ड्रम ब्रेक, डिस्क ब्रेक र रेस एडिसनगरि तीन भेरियन्टमा उपलब्ध रहेको हो ।
एनटर्कको सबै भेरियन्टमा एउटै १२४ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ९.५ पीएस पावर तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर रहेको छ भने स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्टगरि कल डिटेल, जीपीएस, हाजार्ड लाइट जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

