काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ्ग प्रालिले स्कुटरको माइलेज परीक्षण क्याम्पेन आयोजान गरिरहेको छ ।
कम्पनीले गत मंसिर २० गतेबाट हिरो–प्लेजर, डूएट, माइस्ट्रो एज स्कुटरको माइलेज परीक्षण गर्दैआएको हो । उक्त कार्यक्रम आगामी पुस ६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले गत २१ गते पोखरास्थित कम्पनीको डिलरमार्फत् माइलेज परीक्षण गरेको थियो । यस्तै, मंसिर २४ गते नारायणगढमा माइलेज परीक्षणको कार्यक्रम सञ्चालन गरिएको थियो भने, २४ गते नै बुटवलमा रोड शो गरेको थियो । मंगलबार बुटवलस्थित हिरोको डिलर हिमालयन अटो ट्रेडिङ्गले माइलेज परीक्षणको कार्यक्रम सम्पन्न गरेको कम्पनीले जनाएको छ ।
यस्तै, मंसिर २७ गते इटहरीस्थित कम्पनीको डिलर एमएस टे«डर्सले माइलेज परीक्षण गर्ने भएको छ । मंसिर २९ र पुस १ गते ब्रान्ड एक्स्चेन्ज र रिपेयर तथा २ गते काठमाडौं मित्रपार्कस्थित डिलरबाट माइलेज परीक्षण गरिने कार्यक्रम तय भएको नेपाल जनरल मार्केटिङले जनाएको छ ।
त्यस्तै, पुस ५ गते भक्तपुरस्थित प्रखर इन्टरप्राइजेज र पुस ६ गते ललितपुर बालकुमारीस्थित एनजीएम डिलरसिपबाट माइलेज परीक्षण गर्ने कम्पनीको योजना छ ।
के हो माइलेज परिक्षण ?
कम्पनीले बिक्री गर्ने स्कुटरहरुले दिने माइलेज ग्राहक आफैँले चलाएर हेर्ने र माइलेज कति दिन्छ भनेर परिक्षण गर्ने कार्यक्रम नै माइलेज परिक्षण हो । यसले कम्पनीले दाबी गरेको माइलेज र चलाएर हेर्दा कति फरक रहेछ भन्ने विषय अनुभब गर्न सहज हुने कम्पनीको बुझाई रहेको छ ।
हिरोले नेपाली बजारमा बिक्री गर्दै आएको प्लेजरको मूल्य १ लाख ७३ हजार ५०० रुपैयाँ रहेको छ भने डुयटको मूल्य १ लाख ८८ हजार रुपैयाँ रहेको छ । साथै, माइस्ट्रो एजको मूल्य १ लाख ८९ हजार ५०० रुपैयाँ रहेको छ ।

