टीभीएस अपाचे राइड फर प्राइड , मेलम्ची पुगेर फर्किए ४० राइडर

काठमाडौं ।  टीभीएस बाइकको आधिकारिक वितरक जगदम्बा मोटर्सले राइड फर प्राइड कार्यक्रम  सम्पन्न गरेको छ । यहि सनिबार २५ वटा टिभिएस अपाचे  बाइकमा करिब ४० जना राइडरहरु राइड फर प्राइड कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची पुगेका हुन् ।

टीभीएसका अपाचे आरआर ३१०, आरटीआर २०० ४भि, १८०, १६० ४भि र १६० बाइकका राइडरहरु सहभागी सो कार्यक्रम टेकुबाट सुरु भएर साँखु, जहरसिह पौवाहुदै मेलम्चि पुगेका राइडरहरुले विभिन्न मनोरञ्जनात्मक खेल तथा अफरोड राइडको मजा लिएका थिए । 

जगदम्बा मोटर्सले आफ्नो फेसबुक पेजमार्फत राइडरहरुलाई सो राइड कार्यक्रमका लागि आह्वान गरेको थियो ।


Back_to_top