हिरोले प्यासन एक्सटेक भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा प्यासन एक्सटेक भर्सनको विक्री सुरु गरेको हो ।
हिरो मोटोकर्पले ११० सीसी प्यासनमा कनेक्ट फिचरका साथै सुरक्षा फिचर समेत थप गरेर विक्री सुरु गरेको छ ।
कम्पनीले प्यासनलाई डिस्क तथा ड्रम ब्रेक गरि दुई अप्सनमा ल्याएको हो ।कम्पनीले एक्सटेक ड्रम भेरियन्टको मूल्य ७४ हजार ५९० र डिस्क भेरियन्टको मूल्य ७८ हजार ९९० भारतीय रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको हो ।
प्यासन एक्सटेकमा कम्पनीली नयाँ डिजाइनका साथ प्रोजेक्टर एलइडी हेडल्याम्प दिएको छ । यसले हेलोजेनको तुलनामा १२ प्रतिशत ज्यादा उज्याले दिने कम्पनीको दावी छ । कम्पनीले यो मोटरसाइकलमा थ्री डी लोगोका साथ नयाँ क्रोमको प्रयोग गरेको छ ।
हिरो प्यासन एक्सटेकमा ११० सीसी बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ९ बीएच पावर तथा ५००० आरपीएममा ९.७९ एनएम टर्क जेनेरेट गर्छ ।

