बंगलादेशमा बन्यो माथि गाडी र तल रेल गुड्ने ६.१५ किलोमिटर लामो पुल

बंगलादेशमा पद्मा नदीमाथि ६.१५ किलोमिटर लामो पुलको निर्माण सम्पन्न भएको छ ।

यो पुल देशकै सबैभन्दा लामो मोटरएबल हाे ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शेख हसिनाले शनिबार ६.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेकी छन्।

नवर्निमित ६.१५ किलोमिटर लामो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिण पश्चिम क्षेत्रसँग जोड्छ।

यो पुलका निर्माण्का लागि ३.८६ अर्ब अमेरिकी डलर खर्चे भएको जनाइएको छ । यो पुलमा गाडी गुड्ने चार लेनको बाटो छ भने पुलको मूनि रेलको सिंगल ट्रयाक निर्माण गरिएको छ।

यो पुलका निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको थियो भने यो पुल निर्माणको खर्च बंगलादेश सरकारले आफैले गरेको हो ।

पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री हसिनाले पद्मा पुल बंगलादेशको गौरवको प्रतीक भएको बताइन्। उनले केही मानिसहरूले यति ठूलो पुल बंगलादेशले बनाउन सक्दैन भनेर व्यक्त गरेको शंकालाई पनि पुल निर्माणले जवाफ दिएको बताइन्।


Back_to_top