पल्सर २५० को नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं । बजाज अटोले पल्सर २५० को इक्लिप्स भर्सन सार्वजनिक गरेको छ । कम्पनीले बजाज पल्सर एन २५० र एफ २५० दुबै भेरियन्टलाई नयाँ कलर अप्सनमा सार्वजनिक गरेको हो ।

बजाज अटोले पल्सर २५० सिरिजलाई अल ब्ल्याक कलरमा ल्याएको हो । कम्पनीले यसलाई इक्लिप्स नामाकरण गरेको हो । कम्पनीले यही कलर अप्सनमा केहीदिन अघि मात्र पल्सर एन १६० सार्वजनिक गरेको छ ।

कम्पनीले इक्लिप्स भर्सन पल्सर २५० सिरिजको मूल्य १ लाख ५० हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ । इक्लिप्स भर्सनमा कम्पनीले डबल च्यानल एबीएस अप्सनसमेत दिएको छ । यसअघिका अन्य कलरमा भने सिंगल च्यानल एबीएस मात्रै उपलब्ध थियो । यही एबीएसका कारण इक्लिप्स भर्सनको मूल्य ५ देखि ६ हजार मूल्य फरक रहेको कम्पनीले जनाएको छ ।

बजाज पल्सर २५० सिरिज कम समयमा नै १० हाजर यूनिट पुरा गरिसकेको छ ।

पल्सर २५० इक्लिप्स एडिशनमा कलर तथा एबीएसका अलावा अन्य कुनै परिर्वतन गरिएको छैन । पल्सर २५० सिरिजमा २४९.७ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.१ पीएस पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।


Back_to_top