काठमाडौं । भारतकै सबैभन्दा ठूलो टु ह्वीलर कम्पनी हिरो मोटोकर्पले २०१७ को इकमा अटोमा एक्सपल्स–२०० डेब्यु गरेको थियो । गत वर्ष भने कम्पनीले यसको टुरिंग भर्सन एक्सपल्स–२०० टी प्रदर्शनमा राखेको थियो । हाल, कम्पनीले एक्सपल्स २००को अफर रोडिंग भर्सन बजारमा ल्याउने तयारी गरेको छ । उक्त मोटरसाइकलको भिडियो युट्युबमा सार्बजनिक भएको छ ।
यो मोटरसाइकलमा हाइ माउन्टेड एक्जस्ट क्यानीस्टर र फ्रन्ट मगगार्ड, अफरोड टायर र कम्प्याक सिट लगाइएको छ । यस्तै, केही महिनापछि सार्बजनिक हुने एक्सपल्स–२०० टी को एडभेन्चर टुरर भेरियन्टमा लो माउन्टेड एक्जस्ट, लार्जर सिट र रोड टायरको बिशेषता प्रदान गरिएको छ ।
मोटरसाइकलमा युजल स्याडल ब्याग लगाइएको छ । हिरो एक्सप्लसमा टलर ट्यांक डिजाइन दिइएको छ । उक्त डिजाइन हिरो करिज्माबाट लिइएको छ । कम्पनीले यसको स्टक टेलपिसलाई हटाएको छ, जसको कारण यसको तौल केही कम भएकोे कम्पनीले जनाएको छ ।
कम्पनीले एक्सपल्स–२०० मा १९९.६ सीसी एयर कुल्ड इन्जिनको प्रयोग गरेको छ । जसले १८.४ बिएचपी पावरका साथै १७.१ एनएम टर्क उत्पादन गर्छ । यसमा एलइडी हेडलाइट, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल, लंग ट्राभल सस्पेन्सन र स्पोक ह्वीलजस्ता विशेषता दिइएको छ । यसमा स्पोक ह्वील लगाइएको छ । एक्सपल्स–२०० को मुल्य १ लाख भारूसम्म पर्न आउने अनुमान गरिएको छ ।

