बिवाइडीको ई–१ इलेक्ट्रीक कार आउँदै

चीनको अटो उत्पादक कम्पनी बिवाइडीले अल न्यु मिनी साइज इलेक्ट्रीक कार ई–१ बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले यसको एक्सटेरियर बिवाइडी एफ जिरोबाट प्रभावित भएर निर्माण गरेको हो । 

यसमा क्लोज अफ ग्रिलसँगैै डबल सर्कुलर हेडलाइट क्लस्टर दिइएको छ । यसले कारलाई थप आर्कषक बनाएको छ भने, बिवाइडीको आइकोनिक ब्लु एन्ड ह्वाइट नेमप्लेट लगाइएको छ । यसका साथै, रिङगी वेस्टलाइन र लाइन अन ह्वील स्ट्रीमले कारलाई थप आकर्षक बनाएको छ । कारलाई ओरेन्ज र ग्रे कलर अप्शनमा उपलब्ध गराइएको छ । 

कारको लम्बाई ३ हजार ४६५ एमएम रहेको छ भने, चौडाई १ हजार ६१८ र उचाई १ हजार ५०० एमएम रहेको छ । कारको ह्वीलवेस २ हजार ३४० एमएम रहेको छ । 

यसमा दिइएको इलेक्ट्रीक मोटरले ६१ एचपी पावर र ११० एनएम टर्क उत्पादन गर्छ । कम्पनीले यसमा लिथीयम म्याग्नेट ब्याट्री प्याक दिएको जनाएको छ । यसमा रियर पार्किङ क्यामरा, सार्क फिन एन्टेनाजस्ता आधुनिक विशेषता दिएको कम्पनीले जनाएको छ । 

नेपाली बजारमा पनि बिवाइडीका इलेक्ट्रीक कारहरु बिक्री वितरण हुँदै आएका छन् । साइमेक्स इन्कले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको बिवाइडीको कारमा ई सिक्स मोडल मात्र नेपालमा उपलब्ध रहेको छ ।


Back_to_top