जेनेभामा मोटर शोमा धेरै इलेक्ट्रीक कारहरु शोकेस भएका छन् । यसमध्य फक्सवागेनको इलेक्ट्रीक ड्युन अर्थात आईडी बग्गीले निकै चर्चा पाएको छ । कम्पनीले सार्वजनिक गरेको आईडी बग्गीले अवलोकन कर्ताको ध्यान खिच्न सफल भएको छ ।
फक्सवागेनले आफ्नो नयाँ इलेक्ट्रीक कारलाई पुरानो विटलको जस्तो स्वरुपमा ल्याएको छ । एक्स आकारको टेललाइट दिइएको कारमा १८ इन्चको अफरोड टायर जडान भएको छ । अगाडिको टायरलाई कभर गरिएको छैन ।
कारको लम्बाई ४ हजार ६३ एमएम, चौडाई १ हजार ८९० र उचाई १ हजार ४६३ एमएम रहेको छ भने, ह्वीलवेस २ हजार ६५० एमएम रहेको छ ।
उच्च ग्राउन्ड क्लियरेन्स यसको अर्को मुख्य विशेषता हो । २४० एमएम ग्राउन्ड क्लियरेन्स रहेको उक्त कार प्रोटोटाइपमा दुई सिट मात्र रहेको छ ।
एमईबी प्लेटफर्ममा उत्पादन गरिएको आईडी बग्गी निकै स्टाइलिस देखिएको छ । फक्सवागेनले यही प्लेटफर्ममा आफ्ना सबै इलेक्ट्रिक कार निर्माण गर्ने घोषणा गरेको छ । ६२ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको उक्त कारले २०० पीएस पावर र ३०९ एनएमको टर्क जेनेरेट गर्छ ।
एक पटकको फुलचार्जमा २५० किलोमिटर चलाउन सकिने यो कार अल ह्वील ड्राइभ मोडमा पनि चलाउन सकिन्छ ।
कम्पनीले यसको प्रोटोटाइपमा ढोका तथा छत जडान गरिएको छैन । तरकारलाई धुलो तथा वर्षाबाट बचाउनको लागि अलग कभर उपलब्ध रहेको छ ।


