काठमाडौं । हिरोको निकै चर्चित मोटरसाइकल एक्सपल्स २१० को नयाँ भेरियन्ट सार्वजनिक भएको छ ।
भारतीय मोटरसाइकल निर्माता हिरोले इटालीको मिलानमा भइरहेको इक्मा अटोशो २०२५ मा एक्स्पल्स २१० को डकार एडिसन भर्सन पहिलो पटक देखाएको हो ।
कम्पनीले केही फिचरहरू परिवर्तन गरेर नयाँ एक्स्पल्स २१० को डकार भेरियन्ट बजारमा ल्याउने भएको हो ।
नयाँ एक्स्पल्स २१० डकार एडिसनमा अगाडि पछाडि नै पूरा एड्जस्टेबल र्याली स्पेक सस्पेन्सन सेटअप दिइएको छ ।
मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स पनि २२० एमएमबाट बढाएर २७० एमएम बनाएको छ । टायर पनि स्ट्यान्डर्ड नोबी डिजाइनको नयाँ दिएको छ यसले अफरोडमा मोटरसाइकललाई अझै धेरै सक्षम बनाउन मद्दत गर्नेछ।
नयाँ भेरियन्ट एक्सपल्स २१० पुरानोभन्दा अझ धेरै अफरोड मेसिनका रूपमा बजारमा आउने भएको हो । यसको इन्जिन र अन्य फिचरहरूमा भने केही परिमार्जन नहुने जानकारी आएको छ ।

