फ्यूल इन्जेक्शन इन्जिनमा होन्डा एक्टीभा, माइलेज ७० किमि

होन्डाले एक्टिभा स्कुटरलाई भारतमा लागू हुने नयाँ इमिशन मापदन्डअनुरुप परिमार्जन गर्ने भएको छ । कम्पनीले यस मोडलमा फ्यूल इजेक्शन प्रणालीमा आधारित इन्जिन दिने जानकारी दिएको छ ।

नयाँ इन्जिनको प्रयोगपछि एक्टिभाले प्रतिलिटर ७० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । हाल बिक्री–वितरण भैरहेको रेगुलर मोडलले प्रतिलिटर ६० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पावरमा भने कुनै परिर्वतन गर्ने छैन । यसमा उपलब्ध १०९.१९ सीसीको इन्जिनले ७ हजार ५ सय आरपीएममा ८ बीएचपी पावरकासाथै ५ हजार ५सय आरपीएममा ९ एनएम–टर्क उत्पादन गर्छ । यो इन्जिन होन्डा डियो र एभिएटरको नयाँ जेनेरेशनमा समेत प्रयोग गरिने कम्पनीले जनाएको छ ।

नेपालका लागि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङ्ग कम्पनीले पनि होन्डा एक्टिभा स्कुटरको बिक्री–वितरण गर्दैआएको छ । नेपाली बजारमा उपलब्ध यस स्कुटरको मूल्य २ लाख ८ हजार ९ सय रुपैयाँ रहेको छ । 


Back_to_top