जापानी टु–ह्वीलर कम्पनी होन्डाले उत्पादन गरेको स्कुटर एक्टिभा निकै चर्चित रहेको छ । टु–ह्वीलर सेग्मेन्टअन्तर्गत होन्डा एक्टिभा नेपाली बजारमा समेत निकै रुचाइने गरिन्छ । हाल यो स्कुटर २ करोड १० लाख भारतीयले चढ्दैआएको कम्पनीको दाबी छ ।
सन् २००१ बाट होन्डाले भारतीय बजारमा एक्टिभाको बिक्री–वितरण सुचारु गरेको थियो । पहिलो वर्ष कम्पनीले ५५ हजार युनिट स्कुटर बिक्री गरेको थियो । २००३ मा कम्पनीले आफ्नो सेल्सलाई पाँच लाख बनाएको थियो भने २००५ मा १० लाख । यसरी निरन्तर बृद्धि भैरहेको एक्टिभाको व्यापारलाई ध्यानमा राख्दै स्कुटरलाई समयअनुकूल परिमार्जन समेत गरिर्दैै ल्याइएको छ ।
यस्तै, कम्पनीले सन् २०१५ मा १ करोड ग्राहक पुगेको घोषणा गर्यो । कम्पनीले २०१८ मा एक्टिभा पाँचौँ जेनेरेशन एक्टिभा–५ जी सार्वजनिक गर्यो । जसमा, एलईडी हेडल्याम्प, फोर–इन–वान लकसिट ओपनिङ्ग स्वीचको विशेषता थप गर्यो । भारतमा यो स्कुटर दुई भेरियन्टमा बिक्री भैरहेको छ । भारतीय बजारमा स्ट्यान्डर्ड भेरियन्टको मूल्य ५४ हजार २०६ भारु रहेको छ भने डिलक्सको मूल्य ५६ हजार ७१ भारु रहेको छ ।
नेपाली बजारमा भने एक्टिभा ११० सीसीमा उपलब्ध छैन । यहाँ १२५ एसटीडीको २ लाख ८ हजार ९ सय र एक्टिभा डीएलएक्स २ लाख १९ हजार ९ सयमा बिक्री–वितरण हुँदैआएको छ ।


