काठमाडौं । होन्डाले आफ्नो चर्चित सेडान कार सिटीको पाँचौ जेनेरेशन मोडल नेपाल ल्याएको छ । कम्पनीले ल्याएको नयाँ सिटी पेट्रोल र डिजेल सहित हाइब्रिड इन्जिनमा आएको हो ।
होन्डाको आधिकारीक बिक्रेता स्याकार ट्रेडिङले होन्डा सिटीको हाइब्रिड भर्सन नेपाल ल्याएको छ । नयाँ हाइब्रिड सिटी मोडलले प्रतिलिटर २६.५ किलोमिटर माइलेज दिने होन्डाले दावी गरेको छ ।
जापानी उत्पादकले प्रयोग गरेको हाइब्रिड टेक्नोलोजीले इन्धन वापतको खर्च कटौतीको साथै, प्योर ईभी हुने ‘रेन्ज एन्जाइटी’बाट समेत मुक्त राख्छ ।
मिडसाइज सेडान सेग्मेन्टमा निकै सफल सिटी कार नेपालमा भने पहिलाको जस्तो ब्यापर पाउन सकिरहेको छैन । नेपालमा एसयूभीको माग उच्च हुँदा सेडान कारमा धेरैले ध्यान नदिएका हुन् । अब हाइब्रिड टेक्नलोजीमा आएसँगै मिडसाइज सेडानमा आफ्नो बजार फर्काउने अपेक्षा कम्पनीले गरेको छ ।
होन्डा सिटीमा १.५ लिटर, एटकिन्सन साइकल, पेट्रोल इन्जिन र इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यी दुई मोटरको संयुक्त पावर १२६ पीएस र टर्क २५३ न्यूटन मिटर छ ।
अत्याधुनिक फिचर लोडेड हाइब्रिड सिटी दुई भेरियन्टमा नेपाल आउने छ । कम्पनीले भी भेरियन्टको मूल्य ८२ लाख र जेडएक्स भेरियन्टको मूल्य ८८ लाख रुपैयाँ तोकिएको छ ।
सिटीलाई आरामदायी र सुरक्षीत बनाउन चारवटै चक्कामा डिस ब्रेक, ६ वटा एयरव्याग, होन्डा सेन्सीङ टेक्नलोजी, विण्ड सिल्डमा वाइड भ्यू क्यामरा, लेनकीप असिस्ट, फरवार्ड कोलिजन वार्निङ, अडाप्टीभ क्रूज कन्ट्रोल पाउन सकिन्छ ।
डिउल टोन थिमको क्यावीन, प्रिमियम लेदर सीट, ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, रिजेनेटीभ ब्रेकिङका लागि प्याडलसिफ्टर यसमा दिइएको छ । अहिले बुकिङ सुरु भएको हाइब्रिड सिटी अबको केही दिनपछि बिक्री सुरु हुँदैछ ।


