महंगो भयो टीभीएसका उत्पादन, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै टीभीएसको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले एकै पटक १३ हजार रुपैयाँसम्मले मूल्य वृद्धि गरेको छ । कम्पनीले ३ मोडलका स्कुटरमा पनि ४ हजार रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

जगदम्बा मोटर्सले बिक्री गर्दै आएको टीभीएसका ४ मोटरसाइकलको पनि मूल्य वृद्धि भएको छ । कम्पनीले सबैभन्दा धेरै मूल्य अपाचे आरटीआर २०० फोर भीमा बढाएको हो ।

कम्पनीले यसअघि ४ लाख ११ हजार ९०० रुपैयाँ रहेको अपाचे आरटीआर २०० को मूल्य १३ हजार रुपैयाँले बढाएर ४ लाख २४ हजार ९०० रुपैयाँ बनाएको हो ।

स्कुटरतर्फ भने एनटर्क १२५ का तीन भेरियन्टको मात्रै मूल्य बढाएको हो । कम्पनीले बढाएको मूल्य अनुसार टीभीएसको सबै मोडल र भेरियन्टको नयाँ मूल्य यस प्रकार छन् ।


Back_to_top