होन्डाले नयाँ स्कुटर ल्याउने, यस्तो छ आधुनिक कन्सेप्ट

काठमाडौं । जापानी दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी होन्डाले नयाँ स्कुटरको पेटेन्ट दर्ता गरेको छ । कम्पनीको प्रिमियम स्कुटरको पेटेन्ट तस्विर अनलाइनमा सार्वजनिक भएको छ ।

बाहिर आएको तस्विरका अनुसार स्कुटरको डिजाइन कर्भ तथा फोल्ड रहेको छ । हालै मात्र तस्विर बाहिर आएको हुनाले यसको बारे धेरै जानकारी बाहिर आएको छैन ।

हाल बाहिर आएको स्कुटर कन्सेप्ट स्कुटर हो । एप्रो बेशसहित पछाडिको भाग समेत एकै पिस कम्पोनेन्ट बाट निर्माण गरिएको छ । उक्त कन्सेन्ट डिजाइनमा कुनै इलेक्ट्रीकल पार्टस देखिएको छैन ।

यसको फ्रन्टमा ठूलो वीन्ड स्क्रीन देखिएको छ भने, इन्स्टुमेन्ट कल्स्टरको लागि स्थान खाली राखिएको छ । फ्रन्ट एप्रोनमा स्टोरेज स्पेस राखिएको देख्न सकिन्छ ।

फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा सिगंल माउन्टेड सस्पेन्सन रहेको छ ।

कम्पनीले यो स्कुटर उत्पादन गर्ने हो भने, १५०/१६० सीसी सेग्मेन्टमा उत्पादन गर्ने अनुमान गर्न सकिन्छ ।

हाल कम्पनीको ग्लोवल पोर्टफोलियोमा रहेको सबैभन्दा प्रिमियम पेट्रोल सीभीटी पीसीएक्स १५० म्याक्सी रहेको छ । यसमा रहेको १४९ सीसी वाटर कुल्ड, एफआई, सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १४.७ बीएच पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यो कन्सेप्ट स्कुटरमा समेत यहि इन्जिनमा आउने सक्नेछ ।


Back_to_top