फ्रेन्च कार सिट्रोनले थाल्यो भारतमा उत्पादन, कसले ल्याउला नेपाल

काठमाडौं । पिएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डका कार भारतमा उत्पादन सुरु भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने ‘सि५ एयरक्रस’ एसयूभीको परिक्षण उत्पादन सुरु गरेको हो ।

अब कम्पनीले यसको पूर्ण परिक्षण उत्पादन सुरु गर्ने छ । सिट्रोन सि५ एयरक्रसको बिक्री भने २०२१ को पहिलो क्वाटरबाट सुरु हुने अनुमान गरिएको छ ।

आधुनिक फिचरले भरिएको यो एसयूभीमा २.० लिटर क्षमताको इन्जिन रहेको छ । तर, चाँडै कम्पनीले भारतीय बजारको लागि सि२१ सव फोर मिटर एसयूभीको उत्पादन थाल्ने तयारी गरेको जनाइएको छ ।

सि२१ सब फोर मिटर एसयूभी भारतमा नै ९५ प्रतिशतसम्महरु बनाएर उत्पादन गर्न लागिएको जनाएको छ ।

भारतमा उत्पादन सुरु भएसँगै नेपाली बजारमा यसका उत्पादनहरु आउने अनुमान गरिएको छ । पिएसए ग्रुप अन्तर्गतको प्यूजोका उत्पादन नेपालमा उपलब्ध रहेको छ । साँग्रिला मोटर्सले प्यूजो नेपाल ल्याइरहेकाले सिट्रोन पनि उसैले नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top