१८० सीसीका दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा, यस्ता छन भिन्नता र मूल्य

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय १६० सीसी सेग्मेन्टका मोटरसाइकलको विक्री बढ्दो क्रममा रहेको छ । १२५ सीसी तथा १५० सीसी सेग्मेन्टका मोटरसाइकलबाट अपग्रेड हुने ग्राहक १६० सीसी सेग्मेन्टमा प्रबेश गर्ने क्रम बढ्दो रहेको पाइन्छ ।

केही समय अगाडी नेपाली बजारमा १८० सीसी सेग्मेन्टमा दुई मोटरसाइकल सार्वजनिक भएका छन् । बेनेलीमोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनले बेनेली १८० एस सार्वजनिक गरेको हो हो भने होन्डा मोटरसाइकलको लागि नेपालको अधिकृत विक्रेता स्याकार ट्रेडिङले हर्नेट २.० सार्वजनिक गरेको हो ।

यी दुई मोटरसाइकलले मूल्यका कारण २०० सीसी सेग्मेन्टका मोटरसाइकलसग प्रतिस्पर्धा गर्नु पर्ने अबस्था रहेको छ ।

हालै मात्र सार्वजनिक भएको होन्डा हर्नेट २.० का ग्राहकले अझै केही समय प्रतिक्षा गर्नु पर्ने हुन्छ । यसको रेगुलर विक्री भने दशैंपछि मात्र सुरु हुने कम्पनीले जनाएको छ । बेनेलीले भने १८० एसको विक्री गरिरहेको छ ।

बेनेलीले १८० एसमा १७५ सीसी इन्जिन रहेको छ भने होन्डा हर्नेटमा १८४ सीसीको इन्जिन रहेको छ ।

सीसी फरक भएता पनि बेनेलीको पावर राम्रो रहेको छ भने होन्डाको टर्क राम्रो रहेको छ । होन्डा हर्नेटल २.० ले १७.३ बीएच पावर जेनेरेट गर्छ भने बेनेलीले १७.५ बीएच पावर जेनेरेट गर्छ । त्यस्तै बेनेलीले १४.५ एनएम टर्क जेनेरेट गर्दा होन्डाले १६.१ एनएम टर्क जेनेरेट गर्छ । होन्डा हर्नेटमा ५ स्पीडको गिरबक्स रहेको छ भने बेनेलीले ६ स्पीडको गियर बक्स दिएको छ ।

त्यसैगरी ब्रेकिङको तुलना गर्दा यी दुवै मोटरसाइकलको दुवै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । होन्डा हर्नेटको फ्रन्टमा २७६ एमएम र रियरमा २२० एमएम को डिस्क उपलब्ध छ । त्यसैगरि बेनेली १८० एसमा २६० एमएमका डबल पिस्टन क्यालीवर ब्रके दिएको छ । होन्डाले एबीएस फिचर दिएको छ भने बेनेलीमा एबीएस फिचरको कमि पक्कै महसुस गर्न सकिन्छ ।

बेनेली १८० एसको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्सपेन्सन रहेको छ भने होन्डाले फ्रन्टमा यूएसडी फर्क दिएको छ । त्यस्तै होन्डको रियरमा मोनोशक सस्पेन्सन नै रहेको छ ।

बेनेली १८० एसमा कम्पनीले प्रिमियम फिचर समावेश गरेको छ । यसमा ट्रीपल स्पार्क टेक्नोलोजी, यूएसडी फर्क, ६ स्पीड गियर, गियर इन्डिकेटर, लिक्वीड कुल्ड इन्जिन पाउन सकिन्छ । त्यसैगरी यसमा डबल क्यालिपर डबल डिस्क ब्रेक र वेट क्लच प्लेट र १७ इन्चको अलोय ह्वील पाउन सकिन्छ । त्यस्तै यसमा सबै लाइटहरु एलइडी दिइएको छ ।

त्यस्तै होन्डा हर्नेटमा कम्पनीले यसमा अल डिजिटल कन्सोल दिएको छ । यसमा डबल पेटल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, गोल्डेन कलर अपसाइड डाउन फर्क, मोनोशक सस्पेन्सन, सिल्ड चेन, एलइडी हेडल्याम्प तथा टेलल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।

होन्डा २.० मा रहेको गोल्डेन यूएसडी फर्क यो सेग्मेन्ट फर्ष्ट फिचर हो । यो सेग्मेन्टमा उपलब्ध मोटरसाइकल मध्ये सबैभन्दा वाइड टायर पनि यसमा पाउन सकिन्छ ।

स्याकार ट्रेडिङ कम्पनीले होन्डा हर्नेटको मूल्य ४ लाख ६० हजार रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै बेनेलीका लागि नेपालको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनले बेनेली १८० एसको नियोन कलरको मूल्य ४ लाख ४० हजार र रेगुरल कलरको मूल्य ४ लाख ३० हजार निर्धारण गरेको छ ।


Back_to_top