काठमाडौं । विश्व बजारमा लाइफ स्टाइल प्रडक्टको नामले परिचित होन्डा मङ्की नेपालमा दुई यूनिट आयात भएको थियो । तर, त्यसपछि होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले व्यवसायीक बिक्री गर्नेगरि भने ल्याएको छैन ।
नेपालमा पनि लाइफ स्टाइल प्रडक्टहरुको माग बढ्दो क्रममा रहेर पनि कम्पनीले उक्त उत्पादनलाई बिक्रीको लागि नल्याउनुको मुख्य कारण यसको मूल्य रहेको मेरोअटोलाई बतायाे ।
‘१२५ र १५० सीसी क्षमताका मोटरसाइकललाई ५ लाखभन्दा बढी मूल्य पर्दा ग्राहकले यसमा खर्च गर्ने देखिएको छैन । पछिल्ला दिनमा केही लाइफ स्टाइल प्रडकको व्यापारमा केही सुधार देखिएपनि अहिल्यै यसको संख्याले थेग्ने अवस्था छैन’, कम्पनी स्रोतले भन्यो ।
होन्डाले पनि केही समयको लागि बन्द गरेको मङ्की मोटरसाइकलको पुनः उत्पादन सुरु गरेको थियो । मुख्यत कम संख्यामा मोटरसाइकल बिक्री गर्दा बिक्री पछिको सेवामा धेरै असर पर्ने हुँदा कम्पनीले यस्ता उत्पादन नेपालमा बिक्री सुरु नगरेको हुन सक्नेछ ।
विशेषत नेपालमा यस्ता उत्पादन थाइल्याण्डबाट ल्याउनु पर्ने हुन्छ । भारतीय बजारमा उत्पादन भएका मोटरसाइकलको तुलनामा थाई उत्पादन महंगो हुने हुँदा नेपाल नल्याएकाे हाे । यदि भारतमा उत्पादन हुने हाे भने नेपाल ल्याउन सकिने कम्पनी स्राेतले जानकारी दियाे ।
होन्डाले मङ्कीमा १२५ सीसी इन्जिन दिएको जसले ७ हजार आरपीएममा ९.३ बीएच पावर र ५२५० आरपीएममा ११ एनएम टर्क प्रदान गर्छ । यसलाई कम्पनीले फिउल इन्जेक्शन टेक्नोलोजीमा आधारत रहेर ल्याएको छ । ५.६ लिटरको इन्धन ट्यांकी रहेको मोटरसाइकलको तौल १०७ किलोग्राम रहेको छ ।
होन्डा मङ्कीमा डिस्क ब्रेक र एबीएस फिचर उपलब्ध रहेको छ । एलइडी हेडलाइट रटेल लाइट रहेको यो मोटरसाइकल विश्व बजारमा तीन कलर भेरिएन्टमा उपलब्ध रहेको छ । होन्डा मङ्कीले प्रतिलिटर ६७.१ किलोमिटर माइलेज दिनेछ ।


