विश्वभर कारमा लागो लागेका घटना दिनदिनै बढ्दै गइरहेको छ । केहि दिन अगाडि भारतको ग्रेनोको कमर्शियल बेल्टमा बीएमडब्ल्यू कारमा अचानक आगो लागेको थियो । त्यस्तै, आइतबार राति जिटीरोडमा पार्किङ्ग गरिएको महिन्द्रा एक्सयूभी जलेर नष्ट भएको थियो ।
यो वर्षमात्रै भारतको नोयडामा सडकमा गुडिरेहका १ सय ४० भन्दा बढी कार जलेर नष्ट भएका छन् । केहि समय अगाडि भमेरिका र जर्मनीमा पनि गुडी रहेको कामा आग्लागी भएका घटना बाहिर आएका थिए । सबै घटनामा प्रायःजसो सर्ट–सर्किट भएर आगो लाग्ने गरेको बताईंदै आएको छ ।
नोयडाको परिवहन विभागको आँकडाअनुसार २०१७ मा पनि १ सय ९० गाडीमा आगो लागेको थियो । आगो लाग्नेमा बढी डिजेल र लग्जरी गाडी रहेका छन् ।
किन लाग्छ आगो ?
ग्रेटर नोयडा रोहन मोट्र्सका प्राविधिक विज्ञ अजयकुमार चौहानले मानिसले कारमा हर्न तथा अन्य एशेसोसिज स्थानीय मेकानिकबाट लगाउने गरेको बताउँदै सोही समयमा कार वायरिङ्ग काटिने बताए । जसले गर्दा अत्याधिक तापक्रम भएको समयमा सर्ट–सर्किट हुने सम्भावना बढी हुन्छ ।
फ््यूल ट्याङ्क वा पाइपमा लिकेज, खराब वायरिङ्ग, खराब रेडिएटर र खराब ब्याट्रीको कारण पनि आगो लाग्ने गरेको छ । यसको अलवा वायरिङ्गलाई मुसाले काटे पनि सर्ट–सर्किट हुने सम्भावना रहन्छ ।
कसरी बच्ने ?
सडक किनारामा खोलिएका मेकानिकल ग्यारेजबाट कारको इलेक्ट्रीकल काम गराउँदा यस्ता समस्या सिर्जना हुन सक्छन् । आधिकारीक सर्भिस स्टेशनबाट मात्रै गाडीको मर्मतसम्भार गर्नुपर्ने हुन्छ ।
कारमा एक्ट्रा–लाइट, प्रेसर हर्न र सजावटका सामान लगाउनुपूर्व निकै विचार पुर्याउनुपर्छ । अथोराइज्ड सर्भिस सेन्टरमा नियमित सर्भिसिङ्गको अलवा समय–समयमा बोनेट खोलेर चेक गर्ने गर्नुपर्छ । ताकि इन्जिन आयल, ब्रेकआयल र कुलेटको मात्रा परीक्षण गर्न सकियोस् ।
कारमा आगो लाग्दा के गर्ने ?
बोनेटको तल धूँवा देखिएको भए, त्यसलाई खोल्ने प्रयास गर्नु हुँदैन । अक्सिजन धेरै पुग्ने भएकाले कार पूरै जल्ने सम्भावना बढ्छ । आगोको मूस्लो वा धुवाँ देखे, इन्जिन बन्द गर्नुपर्छ । जसले गर्दा करेन्ट र पेट्रोलको सप्लाई बन्द हुन्छ । सेन्ट्रल लकिङ्ग र पावरविन्डोले काम नगरेको खन्डमा बिन्ड–स्क्रिनलाई निकाल्न सकिन्छ । यसका लागि गियर वा स्टेयरिङ्ग लकको लिभर वा सानो हथौडाको प्रयोग गर्नु पर्छ । आफूसँग गह्रौं वस्तु भए स्टेयरिङ्गम बेस्सरी हिर्काउनुपर्छ । आगो लाग्दा निभाउने उपाय खोज्नु पर्छ । पेट्रोलमा आगो लागे पानी हाल्नु हुँदैन ।


