ब्रेकले काम नगरेको खण्डमा गाडी रोक्ने ७ उपाय

काठमाडौं । तपाईं गाडी चलाउँदै हुनुहुन्छ र अचानक तपाईंको गाडीको ब्रेक फेल भयो भने त्यस्तो बेला तपाई के गर्नु हुन्छ ? यस्तो अवस्थामा धेरै मानिसहरू आतिने गर्छन् जसले झन ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

मानिस समस्या पर्दा निकै आत्तिने वर्गमा पर्छ त्यसैले अचानक गाडीको ब्रेकफेल भएका संयमताका साथ काम गर्ने हो भने हुनसक्ने ठूलो क्षतिबाट आफुलाई बचाउन सकिन्छ ।

त्यसैले सावधानी पूर्वक गाडी चलाएको खण्डमा ब्रेक फेल भएरपनि तपाईले गाडीलाई सहज अवतरण गर्न सक्नु हुन्छ ।

गियर कम गर्ने

अचानक गाडीको ब्रेक ब्रेक फेल भएमा सबैभन्दा पहिला नियन्त्रण गर्न सकिने गियर हो । गियर बिस्तारै डाउन गर्नुस् । गाडीको स्पीड कम हुँदै जानेछ, त्यसपछि गियरलाई पहिलो गियरमा ल्याएर उपयुक्त समयको पतिक्षा गर्दै गाडी गुडाउनुहोस् ।

लाइटहरू अन गर्नुस्

तपाईले आफ्नो गाडी समस्यामा रहेको जानकारी अरुलाई दिनु पर्ने हुन्छ । यस्तोमा तपाईले अरुलाई सचेत गराउन आफ्नो गाडीमा भएका सबै लाइट अन गर्नुहोस् ।

आफ्नो इमर्जेन्सी लाइट र हेडलाइट अन गरी अरु ड्राइभरहरूलाई सजग गराउन हर्न बजाउनुहोस् । यसो गर्नाले तपाईंको अघि–पछि र साईडमा चल्ने गाडिहरूलाई थाहा हुनेछ कि तपाईं कुनै समस्यामा हुनुहन्छ ।

ब्रेकमा प्रेस गरिरहनुहोस्

ब्रेक फेल भयो भनेर ब्रेकमा थिच्न नछाड्नुहोस् । ब्रेक पेडलमा बारम्बार थिचिरहनुपर्छ । ब्रेकलाई यसरी बारम्बार दबाब दिँदा यसले पुनः काम गर्न सक्ने सम्भावना रहन्छ ।

एसी अन गर्नुहोस्

गाडीमा रहेको एयर कन्डिसनलाई सबैभन्दा चिसो तापमानमा राख्नुहोस् र फ्यानको स्पीड अधिकतम् बनाउनुहोस् । साथै, कारको सबै हेडलाइट, टेल लाइट्सहित अन्य एक्सेसरिज पनि चालू गर्नुहोस् । यसो गर्नाले गाडीको स्पीडमा केही नियन्त्रण हुनेछ ।

ह्यान्डब्रेकको प्रयोग गर्नुहोस्

गियर तल आँउदा ह्यान्डब्रेकलाई माथि ल्याउनुहोस् । तर, रियर ह्वीललाई ध्यानपूर्वक लक गर्नुहोस् किनभने यसले कारको नियन्त्रण गुमाउन सक्छ ।

स्टेयरिङ ह्वीलमा कन्ट्रोल राख्नुहोस्

कारलाई गियरमा राख्नुका साथै इग्निशन बन्द गर्नुहोस् र क्लचलाई छोड्ने प्रयास गर्नुहोस् र इञ्जिनको साथ ब्रेक लगाउनुहोस् । तर, यो केवल एक पटकमात्र गर्नुहोस् किनभने यसो गर्नाले तपाईंले स्टेयरिङ ह्वीलमा आफ्नो नियन्त्रण गुमाउन सक्नुहुन्छ । स्टेयरिङ्ग ह्वीलमा आफ्नो पूर्ण नियन्त्रण राख्नु जरुरी हुन्छ ।

कच्ची सडकमा लानुहोस्

यदि कयौँ प्रयासपछि पनि कार रोकिँदैन भने, कच्ची, ग्रयाभेल भएको ठाउँमा गुडाउनुस् । त्यहाँ भएका रोडाले स्पीड कम गर्छ । यदि छेउमा हिलो छ भने त्यहाँ गाडी लैजानुहोस्, यसले गाडीको स्पीड पूरै कम गराउँछ ।


Back_to_top