कोरोना संकट चाँडै कम भए टाटाका ३ नयाँ कार यही वर्ष आउने

काठमाडौं । टाटा मोटर्सले सन् २०२० मा तीन नयाँ मोडल सार्वजनिक गर्ने जनाएको थियो । तर, अहिले कोरोना भाइरसको कारण सबै प्लान्ट बन्द गरेको छ । कोरोनाको माहामारी चाँडै नियन्त्रणमा आउने हो भने कम्पनीले समयमा नै तीनवटै मोडल सार्वजनिक गर्ने जनाएको छ ।

टाटा पछिल्लो दिनमा निकै आक्रमक बजार बिस्तार गर्ने रणनीति बनाएर अगाडी बढि रहेको कम्पनी हो । त्यसैले कोरोनाको कहर कम हुने वित्तिकै कम्पनी आफ्नो आक्रमक प्लानसहित व्यवसाय बिस्तारमा लाग्ने छ ।

यस्तोमा कम्पनीले ल्याउने तीन मोडल यस प्रकार रहेका छन् ।

१. टाटा ग्राभिटास

टाटाले जेनेभा मोटर शो २०१९ मा पहिलो पटक सार्वजनिक भएको ७ सिट क्षमताको एसयूभी अहिले विभिन्न समयमा यसको सडक परिक्षण गरिरहेको छ । यसलाई कम्पनीले टाटा ह्यारीयरको ठूलो भर्सनको रुपमा बजारमा ल्याउन लागेको हो ।

कम्पनीले यसमा २.० लिटर इन्जिन दिएको छ । उक्त इन्जिनले १७० पीएस पावर र ३५० एनएम टर्क प्रदान गर्नेछ । कम्पनीले यसमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक ट्रान्मिसन दिएको छ ।

२. टाटा एचबीएक्स

टाटाले यस वर्ष सार्वजनिक गर्ने प्लान गरेको अर्को कार हो टाटा एचबीएक्स । यो गाडीलाई कम्प्नीले माइक्रो एसयूभीको रुपमा बजारमा ल्याउन लागेको हो । यसले बजारमा मारुती सुजुकी एसप्रेसो र रेनो क्विडसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

यसलाई कम्पनीले नेक्सन भन्दा तल राखेर बजारमा प्लेस गर्ने जनाएको छ । यसलाई कम्पनीले आफ्नो अल्फा प्ल्याटफर्ममा उत्पादन गर्ने जनाएको छ । यसमा कुन इन्जिन दिएको छ भन्ने विषयमा कम्पनीले अहिलेसम्म खुलाएको छैन । सयम अनुकुल हुने हो भने कम्पनीले यसवर्षको अन्त्यसम्ममा यसलाई बजारमा ल्याउने छ ।

३. अल्ट्रोज इभी

कम्पनीले यसैवर्ष सार्वजनिक गर्ने जनाएको अर्को कार हो अल्ट्रोज इभी । यसलाई कम्पनीले यही वर्ष सार्वजनिक गर्ने लक्ष्य लिएको हो कार १० लाख भारु भन्दा कम मूल्यमा बजारमा ल्याउने गरि काम गरिरहेको छ ।

अटो एक्स्पो २०२० मा देखाइएको यो कार सिंगल चार्जमा २५० देखि ३०० किलोमिटर रेञ्जमा आउने जनाइएको छ । कम्पनीको अल्ट्रोज प्रिमियम ह्याचव्याककै अधिकांश फिचर उपलब्ध हुने यस कारलाई भारतमा निकै प्रतिक्षित इलेक्ट्रीक कारको रुपमा लिइएको छ ।


Back_to_top