टेस्लाका सीइओ मस्कले दिए १ हजार भेन्टिलेटर

बिख्यात गाडी निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले लस एन्जलसका अधिकारीहरुलाई १ हजारवटा भ्यान्टिलेटर सहयोग गरेका छन् । अमेरिकामा कोरोनाले महामारीको रुप लिएपछि मस्कले यो सहयोग गरेका हुन् ।

मस्कले ट्वीट गर्दै आफुले गत हप्ता चीनबाट १२ सय ५५ वटा मसिन किन्न सहयोग गरेको बताएका हुन् । साथै, यो प्रक्रियामा सहयोग पुर्याउने टेस्लाका कर्मचारी, चिनियाँ र अमेरिकी भन्सारका कर्मचारीहरुलाई पनि धन्यवाद दिएका छन् ।

हाल मस्क अस्पताल संघसँगको सहकार्यमा छन् । क्यालिर्फोनियाका गर्भनर गेभिन न्यूसोमले यसलाई ‘हिरोइक’ कामको संज्ञा दिएका छन् ।

मस्क यो भन्दा अघि अमेरिकामा भ्यान्लिेटर अभाव हुने कुरामा नै शंका व्यक्त गर्दै आइरेहका थिए । र, कोरोना महामारीको रुपमा फैलनेमा पनि उनको शंका थियो । केटाकेटीहरुले भ्याक्सिन लगाएका कारण उनीहरु सुरक्षित रहेको उनको बुझाई थियो ।

मस्क अमेरिकामा रहेको आफ्नो एकमात्र प्लान्ट बन्द गर्नु अघि अधिकारीहरुसँगको लामो बैठकमा बसेका थिए ।

कोरोना महामारी अघि ४५ अर्ब डलर रहेको उनको सम्पक्ति अहिले २७ अर्ब डलरमा झरेको छ ।


Back_to_top