काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीको चर्चित ह्याचव्याक कार डल्फिनको हाइब्रिड मोडल युरोपको लागि तयार भएको छ । चिनियाँ मिडिया अटोहोमले डल्फिन जीको इन्टेरियरको तस्बिर सार्वजनिक गर्दै बिक्रीको लागि तयार भएको उल्लेख गरेको छ ।

बाहिर आएको तस्बिरका अनुसार दुई स्क्रीन देख्न सकिन्छ । जसमा एउटा फ्लोटिङ टचस्क्रीन र अर्को इन्ट्रुमेन्ट क्लस्टर छ । सेन्टर कन्सोलमा ड्राइभ मोड सेलेक्टर देखिन्छ । यसमा केही बटनहरु पनि प्रयोग भएको छ ।
बीवाइडी डल्फिनको हाइब्रिड मोडल आउने समाचारलाई यसअघि नै कम्पनीले पुस्टि गरिसकेको थियो । नयाँ डल्फिन जीको लम्बाइ १३० एमएमले छोटो भएको छ । तर, चौडाइ भने ५५ एमएमले थप फराकिलो भएको छ ।
पातलो लाग्ने हेडलाइट, एक्टीभ एयर इन्टेक, सेमी हिडन डोर ह्याण्डल उपलब्ध डल्फिन जीमा १.५ लिटर नेचुरल्ली स्पायर्ड इन्जिनको प्रयोग गरिएको छ । यसले ९७ हर्स पावर प्रदान गर्छ । यसमा इलेक्ट्रीक मोटर भने १९४ हर्स पावरको छ । ब्याट्री भने दुई फरक साइजमा पाउन सकिन्छ । सानो ब्याट्री ७.८ किलोवाट आवर र ठूलो १८ किलोवाट आवरको ब्याट्री छ ।
नेपालमा पनि राम्रो बिक्री भएको डल्फिन ह्याचव्याक कार अहिले बिक्रीको लागि उपलब्ध छैन । सन् २०२६ मोडल अपडेट भइसकेको कारण नेपाल आउने सम्भावना भने कायमै छ । हाइब्रिड मोडल तत्काल नेपाल आउने सम्भावना भने देखिँदैन ।



