काठमाडौं । जापान सरकारले नागढुंगा सुरुङ परियोजनाका लाथि थप ५ अर्ब रुपैयाँ ऋण दिने भएको छ ।
नेपाल र जापान बीच नागढुंगा सुरुङमार्गलाई थप ५.७ अर्ब जापानी येन ऋण दिने सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानी राजदूत माएदा तोरुले हस्ताक्षर गरे ।
यसअघि सन् २०१६ डिसेम्बर २२ मा यस परियोजनाका लागि १६.६३ अर्ब येनको ऋण सम्झौता भएको थियो । यससँगै यस परियोजनाका लागि कुल सहयोग २२ अर्ब जापानी येनभन्दा बढी पुगेको छ।
सन् २०१९ मा निर्माण थालिएको नागढुंगा सुरुङको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ । आगामी साउनदेखि व्यवसायिक संचालनमा ल्याउने तयारी छ । सुरुङ संचालनका लागि सेवा प्रदायक कम्पनी समेत छनोट भइसकेको छ ।


