काठमाडौं । फ्रन्च कार निर्माता प्यूजोले एक वर्ष अगाडि ई-२०८ जीटीआई कन्सेप्ट सार्वजनिक गरेको थियो । अब त्यही ई-२०८ जीटीआई कन्सेप्टबाट उत्पादन सुरु भएको हो ।
प्यूजोले नयाँ इलेक्ट्रीक क्रसओभर तीन दिनपछि (जुन १२ तारिख) मा सार्वजनिक गर्ने भएको छ । अहिलेसम्मको रिपोर्टहरुको आधारमा ई-२०८ जीटीआई मोडल कन्सेप्टसँग मिल्दोजुल्दो हुनेछ ।
निकै स्पोर्टी र एलिगेन्ट डिजाइनमा आउन लागेको प्यूजोको नयाँ कार यसअघिको २०८ मोडलभन्दा निकै पृथक देखिन्छ । नयाँ मोडलमा ठूलो स्पोइलर, फ्रन्ट स्प्लिटर, स्पोर्टी डिफ्युजरसहित धेरै स्थानमा ‘रेड कलर एक्सेन्ट’हरुको प्रयोग भएको छ ।
निकै स्मार्ट देखिएको ई-२०८ जीटीआई मोडलमा १८ इन्चको ‘सेभेन स्पोक ह्वील’को प्रयोग देखिन्छ । पृथक लाग्ने फ्रन्ट ग्रिल र प्यूजोको सिग्नेचर एलइडी डे टाइम रनिङ लाइटको प्रयोग भएको छ ।
फ्याट बटन स्टेयरिङ ह्वीलमा २०८ जीटीआई ब्राण्डिङ गरिएको छ । क्याविन पनि स्पोर्टी देखाउन सीटहरु पनि स्पोर्टी दिएको छ । थुप्रै स्पेशल ग्राफिक्सहरुको साथ देखिएको नयाँ विद्युतीय क्रसओभरमा ५४ किलोवाट आवरको सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग गरिएको छ । यसको रेन्ज डब्लूएलटीपी टेस्ट अनुसार ३५० किलोमिटर रहने बताइएको छ ।

प्यूजोले ई-२०८ जीटीआईमा २०६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर प्रयोग गर्नेछ । जसको पीकटर्क ३४५ न्यूटन मिटर हुनेछ । यसको सून्यदेखि १०० किलोमिटरको स्पीड केबल ५.७ सेकेन्डमा पुरा हुन्छ ।
कम्पनीका अनुसार नयाँ इलेक्ट्रीक क्रसओभरले १०० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले २० देखि ८० प्रतिशत चार्ज गर्न ३० मिनेट लगाउने छ ।

आउन सक्छ नेपाल
प्यूजोको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले ई-२०८ जीटीआई मोडल नेपाल ल्याउन सक्ने देखिन्छ । त्यसको लागि मूल्यले साथ दिनु पर्ने हुन्छ ।
प्यूजोका कारहरु नेपाली बजारमा प्रिमियम मानिन्छन् । यस्तोमा ई-२०८ जीटीआई नेपाल आउने हो भने त्यसले बजारमा अलगै पहिचान स्थापित गर्न सक्ने देखिन्छ ।


