२०० सीसीको इन्जिनमा आउँदै ‘हस्कभर्ना स्भर्टपिलेन’

काठमाडौं । हस्कभर्ना स्भर्टपिलेन २००को भारतमा परिक्षण भइरहेका तस्विरहरु सार्वजनिक भएका छन् । भारतको पुर्णे सहरमा टेस्टिङको क्रममा देखिएको मोटरसाइकल कम्पनीले चाँडै सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

यसअघि कम्पनीले भारतमा स्र्भटपिलेन २५० तथा भिटपिलेन २५० उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीले २०० सीसी सेग्मेन्टमा सार्वजनिक गर्ने तयारी गरिरहेको मोटरसाइकलको भारतमा मूल्य १ लाख ६० हजार भारतीय रुपैयाँ रहने अनुमान भारतीय मिडियाले गरेका छन् ।

कम्पनीले २०० सीसी सेग्मेन्टमा समेत २ मोडल नै सार्वजनिक गर्ने अनुमान रहेको छ ।

स्भर्टपिलेन तथा भिटपेलिने २०० मा रहने १९९.५ सीसी सिगंल सिलिन्डरले २५ पीएस पावर १९.३ एनएम टर्क जेनेरेट गर्छ । यी दुबैमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसका साथै दुबै ह्वीलमा डिस्क ब्रेक र डबल च्यानल एबीएस जडान हुन सक्ने जनाइएको छ । कम्पनीले यही बर्षको अन्त्यसम्ममा यो मोटरसाइकल बजारमा उतार्ने अनुमान गरिएको छ ।


Back_to_top