होन्डाले माग्यो मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने डिलर

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले देशका बिभिन्न स्थानको लागि भन्दै डिलर माग गरेको छ । कम्पनीले कुनै स्थान विशेष नतोकि देशका बिभिन्न स्थान भनेर डिलर माग गरेको हो ।

स्याकार ट्रेडिङ कम्पनी प्रालि होन्डाका मोटरसाइकल बिक्री गर्ने मध्येकै एक पुरानो कम्पनी हो । यसले विगत ५१ वर्षदेखि नेपालमा होन्डाका बिभिन्न मोटरसाइकल, स्कुटर तथा कारको बिक्री वितरण गर्दै आएको छ ।

स्याकार ट्रेडिङले इच्छुक कम्पनीले होन्डाको सेल्स डिभिजनमा आवेदन पठाउन सक्ने जनाएको छ । अन्य डिटेल थाहापाउन तलको तस्विर हुर्नहोस् ।

कम्पनीले स्पेयर पार्टस, सर्भिस र सेल्सको लागि छुट्टा छुट्टै आवेदन दिन सक्ने जनाइएको छ । यदि एउटै कम्पनीले चाहेको खण्डमा स्पेयर पार्टस, सर्भिस र सेल्स एकै स्थानमा उपलब्ध गराउनेगरि समेत आवेदन दिन सक्ने छन् ।

अहिले नेपालमा होन्डाले १ लाख ५४ हजारदेखि ३४ लाख ५० हजारसम्मका बिभिन्न मोटरसाइकल तथा स्कुटरको बिक्री वितरण गर्दै आएको छ ।


Back_to_top