किया सोनेटको इन्टेरियर सार्वजनिक, अर्को हप्ता ग्लोवल प्रिमियर हुने

काठमाडौं । किया सोनेटको ग्लोवल प्रिमियर अर्को हप्ता (अगस्ट ७) हुने भएको छ । एक हप्तापछि प्रिमियर हुन लागेको सोनटको कौतुहलता कम्पनीले मेटाउँदै लगेको छ ।

कियाले आफ्नो अफिसियल वेभ साइटमा सोनेटको लिस्टिङ गर्दै यसको इन्टेरियर डिजाइन सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको तस्विर अनुसार यसमा १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट कन्सोल, इ-सिम कनेक्टीभीटी जस्ता विशेषता उपलब्ध रहने छ ।

भर्टिकल इयरकन्डिसन, फ्लोटिङ टचस्कृन डिस्प्ले, क्लाइमेट कन्ट्रोल, गार्निस सिल्भर कलर गियर लिभर, वायरलेस चार्जर, इन्जिन स्टार्ट/स्टप बटम जस्ता फिचर उपलब्ध रहेको तस्विरमा देख्न सकिन्छ ।

कियाले भारतमा उत्पादन गरेको यो दोस्रो मोडल हो । यसले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र फोर्ड इकोस्पोट जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

यसमा कम्पनीले हुन्डाई भेन्यूमा रहेको इन्जिनलाई नै प्रयोग गर्ने छ ।


Back_to_top