टोयोटा, हुन्डाई र बीएमडब्लूसहित विश्वका सबैभन्दा ठूलो कार कम्पनीहरूले भविष्यमा इन्धनको स्रोत हाइड्रोजन हुने बताईरहेका छन् । जसमा टोयोटा र हुन्डाइ निकै धेरै कामसमेत गरिसकेका छन् ।
हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्नका लागि सबैभन्दा ठूलो चुनौतीे भनेको यसको ओसार–प्रसार र भन्डारण हो । अस्ट्रेलियाको सीएसआईआरओ नामक संस्थाका वैज्ञानिकहरूले यस समस्याको सामाधान पत्ता लागेको पुष्टी गरेका छन् । जसले अस्ट्रेलियाको इन्धन निर्यात उद्योगका लागि मार्ग प्रशस्त गरिरहेको छ ।
अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले एक नयाँ मेम्ब्रेन प्रविधिको विकास भएको पुस्टी गरेको छ, जसमा अमोनियाको प्रयोग गरी कारमा इन्धन रिफ्यूलिङ गर्न सकिने जनाएको छ । क्वीन्सल्यान्डमा उत्पादित अल्ट्रा–हाई क्वालिटीको शुद्धता रहेको हाइड्रोजनको उपयोग गरी दुईवटा भेइकल टोयोटा मिराई र हुन्डाई नेक्सो सफलतापूर्वक रिफ्यूल्ड गरिएको छ ।
हाइड्रोजन सेल गाडीहरू ब्याट्रीबाट चल्ने इलेक्ट्रीक गाडीको तुलनामा केही मिनेटमै रिफ्यूलिङ गर्न सकिने तथा यसको डाइभिङ्ग रेञ्ज पनि दुई गुणा बढी हुन्छ । भविष्यमा टेक्नोलोजीको विकाससँगै यसको लागत धेरै घटाउन सकिन्छ । यो विकाससँगै नवीकरणीय हाइड्रोजनको प्रयोगले स्वच्छ वातावरणको सम्वद्र्धन गर्नुकासाथै रेगुलर फ्यूलमा आधारित सवारीसाधनसँग प्रतिस्पर्धी गर्न सक्नेछ ।
सीएसआईआरओेका प्रमुख कार्यकारी डा. लैरी मार्शलकाअनुसार हाल विकास गरिएको मोड्यूलर एकाईको माध्यमले हाइड्रोजनलाई अमोनियाको रुपमा कन्भर्ट गरी ओसारप्रसारका लागि मार्गप्रशस्त गर्छ । हाइड्रोजन इन्धन ओसारप्रसार गर्नका लागि हाल प्रयोग भइरहकै इन्फ्रास्ट्रक्चरको प्रयोग गरी अमोनियालाई उपभोगको विन्दुमा पुर्याई पुनः हाइड्रोजनको रुपमा परिवर्तन गरिएको छ ।
टोयोटाले तीन वर्षीय परीक्षणपश्चात सन् २०२० सम्ममा अस्ट्रेलियामा मिरियाको बिक्री सुरु गर्ने जनाएको छ ।
यो इनर्जी सोर्सको टर्निङ्ग पोइन्टको हो र हामी सीएसआईआरओको नयाँ इनोभेसनलाई बजारमा कसरी प्रसार गर्ने, स्टोर गर्नुकासाथै बजारीकरणको अगाडिको बाटोमा प्रवेश गराउने सम्बन्धमा उत्साहित भएका छौँ ।
यस प्रोजेक्टमा यूकेको बहुराष्ट्रिय ग्यास कम्पनी बीसीओले सीएसआईआरओसँग साझेदारी गरेको छ । जसले सङ्घीय सरकारको विज्ञान तथा उद्योग मन्त्रालयबाट १.७ मिलियन डलर प्राप्त गरेको छ ।
ब्रिस्बेनमा भएको अहिलेको प्रदर्शन पछ्याउँदै सीएसआईआरओले अस्ट्रेलिया र अन्य देशहरूमा समेत ठूला प्रदर्शनहरू गर्ने योजना बनाइरहेको छ, जसबाट यसको निर्यातमा प्रवद्धन हुनेछ । वैज्ञानिकहरूले हाइड्रोजन टेक्नोलोजी चेनको अन्य भागहरूमा पनि काम गरिरहेको छन्, जसमा वाटर इलेक्ट्रोलाइसिस हाइड्रोजन उत्पादन गर्नेसम्बन्धी रहेको छ ।
हाइड्रोजन पावर कार उत्पादनमा दक्षिण कोरियाको हुन्डाई कम्पनी आफ्नो होमल्याण्ड दक्षिण कोरियामा विशेष फोकस रहेर काम गरिरहेको छ । उसले १६ हजार हाइड्रोजन पावरबाट कार गुडाउने सडकको योजना तयार पारेको छ ।
टोयोटाले तीन वर्षीय परीक्षणपश्चात सन् २०२० सम्ममा अस्ट्रेलियामा मिरियाको बिक्री सुरु गर्ने जनाएको छ ।


