सार्वजनिक भयो हुन्डाई क्यास्पर, यस्ता छन् विशेषत

काठमाडौं । हुन्डाईको बहुप्रतिक्षित कार ‘क्यास्पर’ कोरियामा सार्वजनिक भएको छ । हुन्डाईले एसयूभी सेग्मेन्टमा अर्को नयाँ गाडी सार्वजनिक गरेको हो ।

बजारमा कम मूल्यका एसयूभीमा ग्राहकको आकर्षण बढ्दै जाँदा हुन्डाईले बाहिर ल्याएको क्यास्परको चर्चा हुनु स्वभाविक हो । निकै आकर्षक डिजाइनमा आएको क्यास्परले टाटाले बजारमा ल्याउने तयारी गरेको पन्च, म्याग्नाइट, काइगर जस्ता एसयूभीसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

क्यास्परको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम र उचाई १५७५ एमएम रहेको छ । यसले पनि यो गाडी भेन्यूभन्दा ४०० एमएम छोटो रहेको छ ।
राउन्ड हेडल्याम्प, सिंगल स्लेट ग्रिल, एलइडी डेटाइम रनिङ लाइट, स्कीड प्लेट, अलोय ह्वील, सनरुफ जस्ता फिचर यसमा समावेस गरिएको छ ।

क्याविनलाई प्रिमियम बनाउन ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ड्यूल टोन इन्टेरियर, मल्टिफंक्सनल स्टेयरिङ ह्विल, कनेक्टेड कार फिचर, ड्यूल एयरब्याग जस्ता फिचर यसमा रहने छन् ।

हुन्डाईले क्यास्परमा १.० लिटर नेचुरल्ली एस्पिरेटेड र १.० टर्बो पेट्रोल इन्जिन यसमा दिएको छ । रेगुलर इन्जिनले ७६ पीएस र टर्बो इन्जिनले १०० पीएस पावर प्रदान गर्नेछ । भारतीय स्पेकमा फरक इन्जिन प्रयोग हुने आाकलन गरिएको छ ।


Back_to_top