काठमाडौं । यामाहाले दशैं अफर सार्वजनिक गरेको छ । यामाहा स्कुटर तथा मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेनले दशैं अफर सार्वजनिक गरेको हो ।
कम्पनीले ‘रेस फर दि एस’ नामक दशैं अफर ल्याएको छ । यो अफरमा ग्राहक नगद छुटदेखि १२ तोला सुनसम्म जित्न सक्नेछन् ।
दशैं स्कीम अन्तर्गत यामाहाको कुनैपनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै लक्की ड्र मार्फत हरेक हप्ता एक जनाले ४ तोला सुनको तास जित्न सक्नेछन् । त्यसैगरी बम्परमा एकजना ग्राहकले ४ तोला सुनको तीन ओटा तार जित्ने मौका रहेको छ ।
यामाहाले नेपाली बजारमा एफजेड सिरिज, एसजेडआरआर, एक्स्टीजेड सिरिज, एमटी १५, आर१५ भर्सन ३, सलुटो, आर ३ र बिग बाइक सेग्मेन्टका मोटरसाइकल विक्री गर्दै अएको छ । त्यस्तै स्कुटरतर्फ फसिनो, रेजेडआर र एनम्याक्स विक्री गर्दै आएको छ ।
योसँगै दशैं स्कीम सार्वजनिक गर्ने तेस्रो कम्पनी यामाहा भएको छ । यसअघि नै बजाज र टीभीएसले दशैं अफर सार्वजनिक गरिसकेको छन् ।

