हुन्डाईको ईभी सेल्समा नयाँ बेन्चमार्क, कोनाले बनायो रेकर्ड

काठमाडौं । हुन्डाईले सन् २०१८ डिसेम्बर महिनामा ८ हजार १ सय ७४ इलेक्ट्रीक कार बिक्री गरेको छ । कम्पनीले २०१७ को डिसेम्बर महिनाको तुलनामा गत डिसेम्बरमा २७६ प्रतिशत व्यापार बृद्धि गरेको हो । यो व्यापार वृद्धिमा पछिल्लो तीन महिनामा कोनाको व्यापारमा भएको वृद्धिले महत्वपूर्ण भूमिका खेलेको छ ।

सन् २०१८ मा कम्पनीले कुल ५३ हजार १ सय १४ युनिट इलेक्ट्रीक गाडी बिक्री–वितरण गरेको छ । सन् २०१७ को तुलनामा कम्पनीको इलेक्ट्रीक गाडी बिक्री १४४ प्रतिशतले बृद्धि भएको छ भने, कम्पनीले इलेक्ट्रीक सवारीसाधनको मार्केटमा कुल ३.१ प्रतिशत मार्केट शेयर ओगटेको छ । हुन्डाईले २०१९ मा आफ्नो ईभी बिक्री ६ डिजिटमा पुर्याउने अपेक्षा लिएको जनाएको छ । 

हुन्डाईले ल्याएको फ्यूलसेल कार नेक्सोले पनि झन्डै यो वर्ष एक हजार युनिटको बेन्चमार्क छुन खोजेको छ । गत डिसेम्बरमा १ सय ६८ युनिट नेक्सो हाइड्रोजन फ्यूल–सेल कार बिक्री गरेको कम्पनीले सन् २०१८ मा ९ सय ४९ युनिट बिक्री गर्यो । 

कोना सबैभन्दा धेरै बिक्री 

कम्पनीले मासिक ५ हजार युनिट कोना इलेक्ट्रीक बेच्न सफल भएको छ । गत डिसेम्बरमा ५ हजार ३ सय ५० युनिट हुन्डाई कोना इलेक्ट्रीक बिक्री भएको थियो भने वर्षभरि २२ हजार ७ सय ८७ युनिट बिक्री भएको कम्पनीले जनाएको छ । त्यस्तै, गत डिसेम्बरमा १ हजार ९ सय ११ युनिट हुन्डाई आयोनिक इलेक्ट्रीक बिक्री भएको थियो भने वर्षभरि २१ हजार २ युनिट बिक्री भयो । 

कोनाले आफ्नो बजार बिस्तार कुन रफ्तारमा गरिरहेको छ भन्ने कुा कम्पनीको पछिल्लो बिक्री आँकडाले प्रस्ट पारेको छ । 

कम्पनीकाअनुसार गतवर्षभरि ८ हजार ९ सय ७७ युनिट हुन्डाई आयोनिक प्लग–इन हाइब्रिड कार बिक्री भयो भने, गत डिसेम्बर महिनामा यसको बिक्री ७ सय ९८ युनिट रहेको थियो । 

हुन्डाईको सर्वाधिक चर्चामा रहेको कोना इलेक्ट्रीक एसयूभी नेपाली बजारमा पनि आएको छ । यद्यपी यसको आधिकारीक बिक्री वितरण भने सुरु भएको छैन । नेपाली बजारमा यसको बिक्री यहि माघ महिनाबाट सुरु हुनेछ ।

कोनालाई नेपाली बजारमा हुन्डाईको नेपालको लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले ल्याएको हो ।


Back_to_top