काठमाडाैं। कोरियन कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारमा उत्पादन गरेको आफ्नो इन्ट्री लेवल कार इओनको बन्द गर्ने भएको छ । कम्पनीले आफ्नो आधिकारीक वेभसाईटबाट इओनका सबै सामाग्री हटाएकाले यसको उत्पादन बन्द भएको अनुमान लगाइएको हो । यद्यपी आफ्नो वेभ साईटबाट इओनका सामग्री हटाएपनि आधिकारीक रुपमा कम्पनीले बन्दको घोषणा भने गरेको छैन । यदि इओनको उत्पादन बन्द भएको हो भने नयाँ सेन्ट्रो कम्पनीको इन्ट्री लेभल कारको रुपमा रहने छ ।
हुन्डाईले भारतीय नयाँ सुरक्षा मापदन्ड अनुसार इओन उत्पादन गरिरहने हो भने त्यसमा एबीएस, ड्राइभर साईड एयरव्याग, रियर पार्किङ सेन्सर, स्पीड लिमिटर, सिटबेल्ट रिमाइन्डर जस्ता फिचर थप गर्नु पर्ने थियो । यी सबै किसिमका फिचरलाई भारत सरकारले यही अप्रिल १ गतेबाट अनिर्वाय गरेको छ । हुन्डाई कम्पनीले गत अक्टुबरमा अल न्यू हुन्डाई सेन्ट्रो सार्वजनिक गरेसँगै इओनको होलसेल बिक्री बन्द गरेको थियो । त्यति बेला इओनको औषत मासिक बिक्री ४४०० यूनिट हारहारीमा थियो ।
सेन्ट्रोको सार्वजनिक पछि भने कम्पनीको इओन बिक्रीमा लगभग पूर्णविराम लागेको छ । यसबीचमा कम्पनीले कुल ६ यूनिट मात्रै इओनको बिक्री गरेको छ । कम्पनीले इओनलाई दुई इन्जिन अप्सनमा बजारमा बिक्री गर्दै आएको थियो । पेट्रल इन्जिनमा मात्रै उपलब्ध यो कारमा ०.८ लिटर र १.० लिटर इन्जिन दिइएको थियो । जसको क्रमशः पावर उत्पादन क्षमता ५६ पीएस र ६९ पीएस थियो भने टर्क ७४.५ र ९१ एनएम रहेको थियो ।

