थप विशेषतासहित आयो हुन्डाई क्रेटा इएक्स

हुन्डाई मोटर्सले चर्चित एसयूभी कार क्रेटाको नयाँ भर्सन क्रेटा इएक्स सार्वजनिक गरेको छ । यो संगै कम्पनीले क्रेटा इप्लस भेरियन्ट भने उत्पादन बन्द गरेको छ । क्रेटा इएक्स इसिरिजकै भएको र यसमा धेरै बिशेषताहरु थपिएको कम्पनीले जनाएको छ ।

हाल क्रेटा इ, इक्स, एस, एसएक्स डिउल नोट, एसएक्स(ओ) र एसएक्स (ओ) एक्जुकेटिभ रहेका छन् । क्रेटा इएक्स भेरियन्ट पेट्रोल (१.६) र डिजेल (१.४) अप्टसमा उपलब्ध छ ।

पेट्रोल भेरियन्टमा फग ल्याम्प सहितको एलइडी डीआरएल, रेयर आर्मरेस्ट सहित इन्टिग्रेटेड कप होल्डर, एडजस्टेवल हेडरेस्ट,, रिभर्स पार्किङ क्यामेरालगायत विशेषता थपिएका छन् । डिजेल भेरियन्टमा पनि यी विशेषता समावेश छन् ।

सबै भर्सनका क्रेटामा डियुल एयरब्याग, इबीडी सहितको एबीएस, स्पीड सेन्सिङ अटो डोर लग, लेन चेन्जिङ इन्डिकेटर जस्ता विशेषता छन् । टप भेरियन्टमा ६ एयरब्याग, इएससी, एचएसी, आइएसओएफआइएक्स समेत रहेको छ ।


Back_to_top