हुन्डाई मोटरको ५७ औँ वर्ष पूरा, २०० बढी देशमा नेटवर्क विस्तार

काठमाडौं । कोरियाली अटोमोबाइल कम्पनी हुुन्डाई मोटरले आफ्नो स्थापनाको ५७ वर्ष पूरा गरेको छ । सन् १९६७ मा स्थापना कम्पनीले आफ्नो साढे ५ दशकको यात्रा सफलतापूर्ण पूरा गरेको हो ।

कम्पनीले नवीनता, गुणस्तरीय र आकर्षक डिजाइनका सवारी साधन उत्पादन गर्दै आएको छ । हुन्डाईले ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी साधन बजारमा ल्याइरहेको छ ।

हुुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ । यो महत्वपूर्ण उपलब्धि मनाउँदै गर्दा, कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्याएको छ ।

हुुन्डाई मोटरले हाल २०० भन्दा बढी देशहरूमा नेटवर्क विस्तार गरिसकेको छ । नेपालमा हुुन्डाईको आधिकारिक वितरकको रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि कार्यरत छ ।

कम्पनीले देशभर हुुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बलियो आफ्टर-सेल्स नेटवर्क र दक्ष तथा प्रशिक्षित पेशेवर टोलीको सहयोगमा कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ ।

४५ हजार ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, हुुन्डार्ई नेपालले ‘हुुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ, जसको उद्देश्य ग्राहकहरूको जीवनको अभिन्न हिस्सा बन्नु हो । विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँगको सहकार्यमार्फत यस कार्यक्रमले हुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ ।

नेपालप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै हुुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लाण्ट स्थापना गरेको छ । यो कदमले स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणद्वारा निर्देशित हुँदै हुुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहकहरूको अनुभवलाई अझ समृद्ध बनाइरहेको छ ।


Back_to_top