हुन्डाईको ‘एन भिजन ७४ कन्सेप्ट’

काठमाडौं । हुन्डाई मोटर्सले बुसान मोटर शो २०२२ मा नयाँ ‘एन भिजन ७४’ रेट्रो स्टाइल स्पोर्टस कारको कन्सेप्ट देखाएको छ । हुन्डाईले यो कन्सेप्टसँगै आफ्नो डिजाइनको इतिहास र ब्राण्डको भविष्यको टेक्नलोजीलाई एकसाथ प्रदर्शन गरेको थियो ।

हुन्डाईको एन भिजन कन्सेप्ट कार मार्फत ब्याट्री पावरलाई नभई हाइड्रोजन फिउल सेललाई प्रदर्शन गर्न खोजेको छ । यो कन्सेप्ट डिजाइनको बाहिरी बनावट हुन्डाईको सन् १९७४ को चर्चीत मोडल पोनी कुपेमा आधारित रहेको छ ।

हुन्डाईको नयाँ एन भिजन ७४ कन्सेप्टमा दुईवटा रियर माउण्टेड इलेक्ट्रीक मोटर रहेको छ । यी दुई मोटरले संयुक्त रुपमा ६७९ हर्सपावर उत्सर्जन गर्ने क्षमता राख्छ । यो कारमा ६२.४ किलोवाट आवरको ब्याट्री प्याक रहने छ जसलाई चलिरहेकै अवस्थामा ९५ किलोवाट क्षमताको हाइड्रोजन फिउल सेलले चार्ज गर्छ ।

यसमा रहेको ब्याट्री सामान्य ईभीको जस्तै फास्ट चार्ज गर्न मिल्छ भने अर्को ४.२ किलोग्राम क्षमताको हाइड्रोजन ट्याङ्क रहेको छ । यसलाई ५ मिनेटमा रिफिल गर्न सकिन्छ । जसका कारण यो कारको कुल रेन्ज ५९५ किलोमिटर भन्दा धेरै हुनेछ ।


Back_to_top