हुन्डाईका गाडी टेष्ट ड्राइभ गर्दा अमेरिका गएर विश्वकप हेर्न पाइने

काठमाडौं । हुन्डाई नेपालले विश्वकपको अवसरमा “हुन्डाई एक्स फिफा विश्वकप २०२६ टीएम टेस्ट ड्राइभ अभियान’ सुरू गरेको छ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फिफा विश्वकप २०२६टीएम सँगको सहकार्यका उक्त अभियान सुरू गरेको हो ।

कम्पनीका अनुसार यो अभियान अप्रिल २०२६ सम्म संचालन हुनेछ । उक्त अवधिसम्म देशभर रहेका हुन्डाईका कुनै पनि शोरुममा गई हुन्डाई गाडीको टेस्ट ड्राइभ गर्ने ग्राहकहरूले अमेरिका, क्यानडा र मेक्सिको मध्ये कुनै एक देशमा गएर प्रत्यक्ष रूपमा विश्वकप हेर्न मौका पाउने छन् ।

टेष्ट ड्राइभ गर्ने ग्राहकमध्येबाट भाग्यशाली विजेता छनोट गरिने छ । यस अभियानमार्फत ग्राहकहरूले टेस्ट ड्राइभमार्फत हुन्डाई गाडीको आरामदायी सुविधा, उन्नत प्रविधि र उत्कृष्ट प्रदर्शन प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पनि प्राप्त गर्नेछन्।

साथै, यस अवधिमा हुन्डाई गाडी बुक गर्ने ग्राहकहरूले विशेष लाभहरू प्राप्त गर्नेछन् । जसले ग्राहकहरूको हुन्डाई अनुभवलाई अझ आकर्षक र लाभदायक बनाउने छ।

फिफा विश्वकप २०२६टीएमको आधिकारिक साझेदारको रूपमा हुन्डाईले उत्साह, प्रदर्शन र प्रगतिलाई उत्सव मनाउने विश्वव्यापी मञ्चमार्फत आफ्ना ग्राहकहरूसँग निरन्तर सम्बन्ध मजबुत गर्दै आएको छ।


Back_to_top