नेक्सो भारतमै बनाउने हुन्डाईको घोषणा, यस्तो छ चर्चा हुनुको कारण

काठमाडौं । सन् २०१८ हुन्डाइले ल्याएको पहिलो हाइड्रोजन सेल कार नेक्सो अहिले निकै चर्चामा रहेको छ । त्यसमा पनि कम्पनीले २०२१ मा भारतीय बजारमा ल्याउने घोषणा गरेसँगै नेपालमा पनि यसको चर्चा हुनु स्वभाविक हो । 

अन्तर्राष्ट्रिय अटो उत्पादक कम्पनीहरुले पेट्रोलियम पदार्थबाट चल्ने इन्जिनको विकल्पमा नयाँ नयाँ प्रयोग गर्दै आउका छन् । जसका कारण इलेक्ट्रीक, हाइब्रिड, इथानोल, हाइड्रोजन फ्युलसेल जस्ता विकल्प अगाडि आएका छन् । यस्तोमा हुन्डाईको नेक्सो अहिले चर्चामा रहेको छ । 

एफसीइभी टेक्नोलोजी

एफसीइभी फ्युल सेल वा हाइड्रोजन सेलबाट चार्ज हुने गर्छ । इनर्जी उत्पादनका लागि नेक्सोमा लगाइएको सेलमा हाइड्रोजनसँग अक्सीजनको संयोजन गरिएको छ । पानी र तापको सहयोगमा उत्पादन हुने यस उर्जालाई सबैभन्दा इकोफ्रेन्ड्ली वैकल्पिक उर्जाको रुपमा लिइन्छ ।

हाल, हुन्डाईको नेक्सो र टोयोटाको मिराई कारमा मात्रै उपलब्ध यस प्रविधीलाई इलेक्ट्रीक प्रणाली भन्दा पनि उत्कृष्ट मानिएको छ ।

पावर र रेन्ज

नेक्जोमा उपलब्ध १२० किलोवाटको ब्याट्रीले १६१ वीएच पावरका साथै ३९५ एनएम टर्क  उत्पादन गर्छ । यसले ० देखि १०० किलोमिटर दुरि पार गर्न ९.२ सेकेन्डको समय लगाउँछ । 

यसमा १६३ लिटर क्षमताको हाइड्रोजन ट्यांक लगाइएको कम्पनीले जनाएको छ । एक पटक फुल ट्यांकी इन्धन भर्दा नेक्सोले १००० किलोमिटर माइलेज प्रदान गर्ने छ । 

भारतीय स्पेक

भारतीय बजारमा ल्याउने नेक्सोमा भने, ३९ किलोवाटको ब्याट्री लगाइने कम्पनीले जनाएको छ । यसले फुल ट्याङ्कमा ४५२ किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।   

डिजाइन र विशेषता

इलेक्ट्रीक कोनाको जस्तै डिजाइनमा निर्माण हुने नेक्सो फाइभ डोर अप्सनमा आउने छ । यसमा याम्पल फ्युचरिस्टिक टच, जिओमेट्रिक प्याट्रन, लार्जेस्ट एलइडी हेडल्याम्प, डिआरएलएस, टेलल्याम्प दिइने छ ।

यसको फ्रन्टमा आकर्षक लुक दिइने द्ध भने क्याबिनमा हुन्डाईका अन्य कारमा दिइएको जस्तै विशेषता समेटिएको छ । नेक्सोमा भर्चुअल इन्स्ट्रुमेन्ट डिस्प्ले, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमसँगै नेभिगेसन, इनब्युल्ट एयर प्योरीफायर सिस्टम, क्रुज कन्ट्रोल, भेन्टीलेटेड सिट लगायतका विशेषता दिइने छ । 

यसमा कोनाको जस्तै, सेमी अटोनोमस फिचर दिइने छ भने स्टेयरिंग ह्वीलमा प्याडल शिफ्टर लगाइएको छ ।


Back_to_top