एलओडी लाउन्जमा यामाहा एमटी १५ सार्वजनिक हुने, यसरी हुनुस् सहभागि

काठमाडौं । करिब ६ महिना अगाडि भारतीय बजारमा सार्वजनिक भएको यामाहा एमटी १५ को नेपाली बजारमा लामो समयको प्रतिक्षा सकिएको छ । आगामी आइतबार ठमेल स्थित एलओडी लाउन्जमा एमटी १५ आधिकारीक रुपमा सार्वजनिक गर्ने भएको छ । 

यो बाइक यामाहाको आधिकारीक शोरुमा पुगिसकेको छ । उक्त कार्यक्रममा यामाहाले बाइक उत्सुकहरुको लागी समेत अनलाइन इन्ट्रि दिने बताएको छ । कम्पनीले सामाजिक सन्जाल मार्फत सार्वजनिक कार्यक्रममा सहभागी हुन आबह्वान समेत गरेको छ । 

सहभागि हुन यहाँ रजिस्टर गर्नुस्

उक्त लाइभ कार्यक्रममा रोजिड कार्यक्रमका जज रेमनदास श्रेष्ठ तथा लाउरे सहभागी हुने कम्पनीले जनाएको छ । 

जापानीज मोटरसाइकल निर्माता कम्पनी यामाहाको डार्क थेममा निर्माण भएको यो बाइकलाई दी डार्क साइड अफ जापानको ट्याग लाइन दिएको कम्पनीले जनाएको छ । 

यामाहा एमटी परिवारमा एमटी ९, एमटी ६, एमटी १०, एमटी १५ जस्ता सिरिज रहेका छन् । यामाहा एमटी बिशुद्ध नेकेड बाइक रहेको छ । यामाहाले निर्माण गर्ने प्रिमियम सिरिज एमटीले युवाब वर्गलाई आकर्षित गर्छ । 

नेपाली बजारमा बिभिन्न मोडलमा बिभिन्न कम्पनीका नेकेड बाइक उपलब्ध रहेका छन् । यसैमा यामाहा एमटी १५ एक पूर्ण नेकेड बाइक रहेको छ । यसको बनावट तथा पावरले यो बाइकलाई नेपाली यूवाहरुलाई लामो समयसम्म प्रतिक्षा गर्न बाध्य बनाएको छ ।

यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ जुन एमटी ०९ बाट प्रभावित छ र यसमा एउटा थप प्रोजेक्टर हेडलाइट छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ । 

नयाँ एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ । 

यामाहाले गत बर्ष सार्वजनिक गरेको आर–१५ भी–३ मा पनि भीभीए सिस्टम छ । यसले कम र मध्यम आरपीएममा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसमा ‘ए एन्ड एस क्लच’ छ जसले गियर डाउन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ । एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ । 

यसको इन्जिनले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । 

नयाँ एमटी–१५ को बेजोड लुक्स मात्र होइन टेक्नोलोजी पनि अन्तर्राष्ट्रिय बजारमा परिचित एमटी डीएनएबाट प्रभावित छ । यसको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने वजन (फुल ट्यांक पेट्रोलसहित) १३८ केजी छ । भीभीए सिस्टमले उच्च टप एन्ड पावर दिलाउँछ भने बाइपास थर्मोस्ट्याटले इन्जिनलाई तातो हुनबाट बचाउँछ । 

त्यसैगरी, पछाडिको पांग्राबाट आउने ड्राइभ फोर्स च्यासिसमा पर्छ जसले बाइकलाई भर्टिकल्ली, होरिजेन्टल्ली र टर्सनल्ली रिजिड बनाइदिन्छ । 

डार्क थिमसहितको आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् । डार्क ब्ल्याक र ब्लू कलरमा रहेको यो याहामा एमटी १५ को मूल्य ४ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले स्रोतले जनाएको छ । ग्राहकले नजिकको यामाहा स्वरूममा एमटी १५ बुकिङ गर्न सक्नेछन् ।


Back_to_top