६ वर्षपछि नेपाल फर्कियो हुन्डाई सेन्ट्रो, आज सार्वजनिक हुने

काठमाडौं । हुन्डाई मोटरको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले अल न्यू सेन्ट्रो नेपाली बजारमा आज फागुन २ गते सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले आज साँझ एक विशेष कार्यक्रम गर्दै नयाँ सेन्ट्रो सार्वजनिक गर्ने भएको हो । सन् २०१३ बाट नेपाली बजारमा बिक्री बन्द भएको सेन्ट्रो करिब ६ वर्षपछि पुनः नयाँ अवतारमा सार्वजनिक हुने भएको छ ।

नेपाली बजारमा हुन्डाई सेन्ट्रोको सिधा टक्कर मारुती सुजुकी सेलेरियोसँग हुने देखिएको छ । यद्यपी सेलेरियोभन्दा सेन्ट्रो केही पावरफुल रहेको छ । 

हुन्डाई सेन्ट्रोमा १.१ लिटर, फोर–सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले ६९ ब्रेक हर्स पावर र ९९ एनएम(टर्क उत्पादन गर्छ । 

नयाँ सेन्ट्रो अल न्यू के–१ प्लेटफर्ममा निर्माण गरिएको कार हो । यो नयाँ ह्याचब्याकको लम्बाई ३६१० एमएम, चौडाई १६४५ एमएम उचाई १५६० एमएम रहेको छ भने, यसको ह्वीलबेस २४०० एमएम रहेको छ । 

यसको मूल्य लगायत विषयमा कम्नीले आधिकारीक जानकारी दिएको छैन । 


Back_to_top